२३ चैत्र २०८२ सोमबार
image/svg+xml
प्रविधि

सामसङ एस डुओस २ आयो

काठमाडौं– सामसङ मोबाइलको लागि नेपालको आधिकारीक वितरक इन्टरनेसनल मार्केटिङ सर्भिस (आइएमएस) ले हालै दुईवटा सिमकार्ड राख्न मिल्ने सुविधायुक्त ग्यालेक्सी एस डुओस २ स्मार्ट फोन बजारमा ल्याएको छ।

डुअल सिमकार्ड युक्त सामसङ स्मार्टफोनले प्रयोगकर्तालाई एउटै मोबाइलमा दुई वटा फोनसेटको सुविधा दिने छ। 
ग्यालेक्सी एस डुओस २ मा रहेको अल्ट्रा फास्ट १.२ गिगाहर्ज डुअलकोर प्रोसेसरका कारण मल्टि टास्किङ सजिलै गर्न सकिनेछ। ४ इन्च चौडा डिस्प्लेले सफा र उच्चस्तरीय दुश्यको अनुभव दिने कम्पनीले जनाएको छ। यसको आकार र स्वरुपका कारण वेब ब्राउजिङ, गेमहरु वा फोटो तथा भिडियो हेर्न सजिलो हुने दाबी कम्पनीले गरेको छ। सिम एकमा कुरा गर्दा गर्दै पनि सिम २ को कल उठाउन मिल्ने र डाटा सर्भिसहरु चलाउँदा पनि कल उठाउन मिल्ने, यस ग्यालेक्सी एस डुओस २ को थप विशेषता हुन्। 
फोनमा वाइफाइ डाइरेक्ट र हटस्पट हुनुका साथै, ५ मेगा पिक्सल क्यामरा फ्रन्ट फेससिङ पनि छ। १५०० एमएएच ब्याट्री र ४.० ब्लुटुथको साथै ४ जि.बी रोम ७६८ एमबी र्या म भएको ग्यालेक्सी एस डुओस २ को नेपाली बजार मूल्य १८ हजार ५ सय रुपैयाँ तोकिएको छ।

प्रकाशित: २९ पुस २०७० ००:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App