२३ चैत्र २०८२ सोमबार
image/svg+xml
प्रविधि

४१ मेगापिक्सलको लुमिया १५१० को मूल्य घट्यो

नोकियाले लुमिया सेरिजका स्मार्टफोनको बजार मूल्य घटाएको छ। फेब्लेट लुमिया १५२० को मूल्य भारतमा १० हजार घटाएइएको छ। केही समय अघिसम्म ६ इन्चको यो स्मार्टफोनको मूल्य ४९,९९० भारु रहेको थियो। दक्षिण एशियाको बजारलाई लक्ष्यित गर्दै नोकियाले लुमिया सेरिज नयाँ दिल्लीमा लञ्च गरेसँगै मूल्यमा व्यापक कटौती गरिएको हो।

लुमिया सिरिजको सबैभन्दा बलियो मोडल १०२० को बजार मूल्य पनि घटाइएको छ। नयाँ मूल्यअनुसार लुमिया १०२० को नयाँ मूल्य ४० हजार भारु तोकिएको छ। नोकियाले आफ्नै वेबसाइटमा यो फोनलाई ४१,४९९ उल्लेख गरेको छ। सपिङ साइट स्न्यापडिलमा ३९ हजार ९ सय ६३ रुपैयाँ उल्लेख छ । इबेमा पनि यसको मूल्य ४१ हजार ६ सय ९९ छ।

नोकिया लुमिया १०२० त्यही स्मार्टफोन हो जो ४१ मेगापिक्सलको क्यामराका कारण चर्चामा आएको थियो । फोटोग्राफीका लागि यो निकै शानदार छ । फोनमा फोटोग्राफीसम्बन्धी धेरै एप्सहरु निःशुल्क छन् । विन्डोज ८ अपरेटिङ सिस्टमको यो फोनमा इन्टरनल मेमोरी ३२ जिबी छ । २ जिबी ¥याम छ । फोनमा १.५ गीगाहर्जका स्न्यापड्रयागन एस४+ डुअलकोर प्रोसेसर छ ।

प्रकाशित: ११ पुस २०७० ००:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App