२३ चैत्र २०८२ सोमबार
image/svg+xml
प्रविधि

कर्लसको एक्स फ्याक्टर एक्स नेपालमा

काठमाडौं– टेलिटक नेपालले कलर्स मोबाइलको एक्स फ्याक्टर एक्स २२ वेभ सिरिज नेपाली बजारमा ल्याएको छ। सुपर फास्ट फाइल ट्रान्सफर सिस्टम भएको यो मोबाईलबाट कुनै पनि ठूलो फाइल छिट्टै ट्रान्सफर गर्न सकिने कम्पनीले जनाएको छ।

दुई जनाले खेल्न मिल्ने गेमिङ फिचर भएको यस मोबाइल युवावर्गले बढी रुचाउने कम्पनीको अनुमान छ। एन्ड्रोइड ४.२.२ जेलिबिन ओपरेटिङ सिस्टम र १ जिएचजेड डुअल कोर प्रोसेसर, ३.५ इन्चको एचभिजीए टच स्क्रिन यसको प्रमुख विशेषता हुन्।

दुई वटा सिम कार्ड एकै पल्ट चलाउन मिल्ने यो मोबाईल १२०० एमएएच ब्याट्री र ३.२ एमपी रियर र फ्रन्ट क्यामरा यसका थप विशेषता रहेको कम्पनीले जानकारी दिएको छ। यसमा एक वर्षको वारेन्टी छ भन ब्याट्री र चार्जरमा ६ महिनाको वारेन्टी रहेको छ। कर्लसको टेलिकेयर सेन्टर नेपालभर २१ वटा स्थानमा छन्।

प्रकाशित: ९ पुस २०७० २२:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App