२३ चैत्र २०८२ सोमबार
image/svg+xml
प्रविधि

प्रकोप जोखिमको मात्रा जाँच्ने सफ्टवेयर

काठमाडौं– कुन विद्यालय र अस्पताल भवन भूकम्पीय र अन्य प्रकोपको कति जोखिममा छ भन्ने पत्ता लगाउने सफ्टवेयर तयार भएको छ। युएन ह्याबिटाटले युएनआइएसडिआर र सार्कको सहयोगमा विद्यालय र अस्पताल भवनको जोखिमबारे जानकारी दिने सफ्टवेयर तयार पारेको हो।उक्त सफ्टवेयरमा भरिएका सूचनाका आधारमा जोखिमको मात्रा पत्ता लगाउन सकिने भएको हो । ह्याबिटाटले उक्त सफ्टवेयरलाई 'रेट्रो मेन्टेनेन्स एसेसमेन्ट टुलिकिट' नाम दिएको छ । बुधबार राजधानीमा आयोजित कार्यक्रममा शिक्षा विभागका महानिर्देशक लवदेव अवस्थीले टुलकिटको सहायताले जोखिम पत्ता लगाई सुरक्षा अपानाउन सहयोग पुग्ने बताए ।

कार्यक्रममा ह्याबिटाटका पदमसुन्दर जोशीले भवन निर्माणका क्रममा अपनाइएका विधि, भवनको अवस्था, उचाइ, मोटाइदेखि जग्गासमेतका जानकारी भरेपछि स्वतह सफ्टवेयरले जोखिमको मात्रा देखाउने बताए । ह्याबिटाटका अनुसार यसअघि पाकिस्तानमा पनि यस किसिमको सफ्टवेयर प्रयोगमा आइसकेको छ । नेपालमा भने अहिले नमुनाका रुपमा केही विद्यालय तथा अस्पतालमा यसको प्रयोग भइरहेको छ ।

प्रकाशित: ३ पुस २०७० २२:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App