एन्ड्रोइडको ट्याबलेट कमाइले पहिलो पटक एप्पलको आइप्याडलाई उछिनेको छ। बजार विश्लेषक कम्पनी मोर्गन स्टानलेका अनुसार २०१३ को तेस्रो चौमासिक रिपोर्टमा पहिलोपटक एन्ड्रोइड डिभाइसको आम्दानीले आइओएसलाई पछि पारेको हो।
रिपोर्टअनुसार एन्ड्रोइड ट्याब्लेटले विश्व बजार आम्दानीको हिस्सामध्ये ४६.२ प्रतिशत कब्जा गरेको छ । सामसङ र लेनेभो ट्याबले विश्व बजारमा ठूलो हिस्सा ओगटेपछि एन्ड्रोइडको हिस्सा बढेको हो । सो अनुसन्धानअनुसार सोही अनुसन्धानका अनुसार आइप्याडको हिस्सा ४०.२ प्रतिशतबाट २९.७ प्रतिशतमा झरेको छ।प्रकाशित: ९ मंसिर २०७० ०४:१९ आइतबार





