२ पुस २०८२ बुधबार
image/svg+xml
प्रविधि

विद्यार्थीका लागि माइक्रोसफ्टको नयाँ एप्लिकेसन

नयाँ दिल्ली- विद्यार्थीका लागि माइक्रोसफ्टले नयाँ एप्लिकेसन लिएर आएको छ। माइक्रोसफ्टले उच्चमाध्यमिक स्कुलका विद्यार्थीका लागि 'अफिस ३६५ युनिभर्सिटी' नामको नयाँ ऐप्लिकेशन ल्याएको छ। माइक्रोसफ्टको यो एप्लिकेशन सेटमा वर्ड, पावर पोइन्ट, वननोट, एक्सल, आउटलुक र एक्सेसको लेटेस्ट भर्सन रहेको छ। जसले विद्यार्थीका लागि मद्धत गर्ने जनाइएको छ।विद्यार्थीका लागि माइक्रोसफ्टको यो एप्लिकेशन सेट चार वर्षका लागि करिब ७ हजार रुपैयाँमा प्राप्त हुने बताइएको छ। कम्पनीले यो एप्लिकेसनले विद्यार्थीलाई उसको भविष्यलाई अगाडि बढाउन महत्वपूर्ण सहयोग गर्ने विश्वास लिएको छ। 
यसबारे माइक्रोसफ्ट भारतका जीएम रामकुमार पिचाइले यो एप्लिकेसन विश्वविद्यालयका विद्यार्थीका लागि महत्वपूर्ण भएको बताएका छन्। यो सोटको साथमा माइक्रोसफ्टले विशेष मागअनुसार थप २० जीबी प्रिमियम स्काइड्राइभ स्टोरेज पनि दिनेछ।

प्रकाशित: २४ श्रावण २०७० ०५:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App