४ चैत्र २०८२ बुधबार
image/svg+xml
प्रविधि

अन्तर्राष्ट्रिय कल सस्तोमा

काठमाडौं, भदौ २२ (नागरिक)- नेपाल टेलिकमले विदेशमा गर्दा लाग्ने टेलिफोन महसुसलमा भारी कटौती गरेको छ। अमेरिका, क्यानडा, मलेसिया, चीन, सिङ्गापुर र हङकङमा 'बजेट कल' गर्दा आउँदो महिनादेखि प्रतिमिनेट आठ रुपैयाँ लाग्नेछ। टेलिकमका अनुसार भारतमा एक मिनेट बजेट कल गर्दा प्रतिमिनेट ६ रुपैयाँ लाग्छ भने जापान,दक्षिण कोरिया र थाईल्याण्डमा १२ रुपैयाँ लाग्नेछ।

साउदी अरब, दुबई,कतार, बहराईन, इजरालय र अष्ट्रेलिया फोन गर्दा प्रतिमिनेट २० रुपैयाँ र अन्य देशमा २४ रुपैयाँ लाग्ने टेलिकमले जनाएको छ।

 

'१४२५' एक्सेस कोडको प्रयोग गरी नेपाल टेलिकमबाट 'बजेटकल'को फाइदा लिन सकिन्छ। नयाँ व्यवस्थाअनुसार बजेटकल प्रयोग नगर्दा पनि भारत, पाकिस्तान, ब‌गलादेश र श्रीलङ्का फोन गर्दा प्रति मिनेट १२ रुपैयाँ लाग्छ भने भुटान र माल्दिभ्समा १५ रुपैयाँ लाग्छ। यस्तै अफगानिस्तान फोन गर्दा प्रतिमिनेट २४ रुपैयाँ लाग्ने टेलिकमले जनाएको छ।

यसैगरी अमेरिकासहितका बजेट कलमा प्रतिमिनेट ८ रुपैयाँ लाग्ने देशमा बजेट कल नगर्दा प्रतिमिनेट ३० रुपैयाँ लाग्ने टेलिकमले जनाएको छ।

 

प्रिपेड कलिङ कार्ड अर्थात इजी कलिङ कार्डबाट १४२४ नम्रब प्रयोग गरी कल गर्दा अमेरिका र क्यानडामा ४ रुपैयाँ मात्र लाग्ने टेलिकमले जनाएको छ। भारत, चीन,सिङ्गापुर, हङकङ र थाईल्यान्डमा कल गर्दा पाँच रुपैयाँ प्रतिमिनेट लाग्नेछ। मलेसिया र दक्षिण कोरिया फोन गर्दा ६ रुपैयाँ प्रतिमिनेट लाग्नेछ।

प्रकाशित: २२ भाद्र २०६६ ०३:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App