ग्यालेक्सी एसफोर आयातका लागि प्रतीतपत्र खोलिसकेको मलहोत्राले एक महिनाअघि नै बताएका थिए। उनले अप्रिल अन्तिम साता नेपालमा नयाँ स्मार्टफोन भित्रिने जानकारी दिएका भए पनि एक साता लम्बिएको हो।
सामसङले हालै विश्व बजारमा बिक्री सुरु गरेको एसफोर स्मार्टफोनमा ५ इन्चको एमोलिड टचस्त्रि्कन छ। यसको रिजोलुसन १०८०–पी छ। ग्यालेक्सी एसथ्रीको ४.८ इन्चभन्दा केही ठूलो स्त्रि्कन यसमा छ।
गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टमको ४.२.४ जेलिबिन अपरेटिङ सिस्टम यसमा प्रयोग भएको छ। नयाँ स्मार्टफोनमा एक्जिनोस फाइभ ओक्टा–५४१० चिपसेटसहितको १.६ गिगाहर्जको ओक्टा कोर वा १.९ गिगहर्जको क्वाड कोर प्रोसेसर प्रयोग भएको छ। यसमा पावर भिआर एसजिएक्स ५४४ एमपिथ्री ग्राफिक्स प्रोसेसिङ युनिटको सुविधा छ।
दुई गिगाबाइट र्यािम रहेको ग्यालेक्सी एसफोरका १६, ३२ र ६४ गिगाबाइट आन्तरिक मेमोरी रहेका मोडेल छन्। यसमा ६४ गिगाबाइटसम्मको मेमोरी विस्तार गर्न सकिन्छ। यसमा १३ मेगापिक्सेलको अटो फोकस क्यामेरा छ। अगाडिपट्टि भने २ मेगापिक्सेलको क्यामेरा छ। यसमा डुअल सट, एचडी भिडियो र तस्बिर रेकर्डिङ, जियो–ट्यागिङ, टच फोकस, फेस र स्माइल डिटेक्सनलगायत विशेषता छन्।
२ हजार ६ सय एमएएचको ब्याट्री रहेको यो फोनमा आई ट्र्याकिङ, जेस्चर क्यापाबिलिटिज, एस हेल्थ, एस भ्वाइस ड्राइभरलगायत थप विशेषता छन्। कम्पनीले 'स्मार्ट स्टे' र 'स्मार्ट पज' लगायत नयाँ सुविधा यसमा थपेको जनाएको छ।
यस किसिमका सुविधाका कारण उपभोक्ताले यसमा भिडियो हेरिरहेका बेला आँखाको गतिअनुसार मोबाइलले प्रतिक्रिया जनाउँछ। प्रयोगकर्ताले स्त्रि्कनबाट आँखा अन्यत्र घुमाए चलिरहेको भिडियो रोकिन्छ भने फेरि स्त्रि्कनमा हेरे भिडियो चल्न थाल्छ। यो सुविधा प्रयोग गरेर स्क्रोल तलमाथि सार्न पनि सकिन्छ।
एस हेल्थले विभिन्न स्वास्थ्यसम्बन्धी गतिविधि र एस भ्वाइसले सवारीमा फोन गर्न सहायता गर्नेछन्। विभिन्नखाले एप्लिकेसनका माध्यमबाट उपभोक्ताले विशेष सुविधा लिन सक्नेछन्। यो स्मार्टफोनमा वाइफाई, ब्लुटुथ, जिपिएस, कल ब्लक मोड, क्विक रेस्पोन्सलगायत सुविधा पनि छन्। यसै गरी एस ट्रान्सलेटरको सुविधा पनि रहेको छ।
भर्जिनका प्रबन्ध निर्देशक शर्माका अनुसार नेपाली बजारमा सामसङ ग्यालेक्सी एसफोरको मूल्य ७१ हजार ९ सय रुपैयाँ पर्नेछ। नेपालमा १६ जिबी क्षमताको मात्र मोबाइल आउने छ। यसमा एनसेलले एक वर्षको बिमा र तीन महिनाका लागि एक जिबी डाटा निःशुल्क दिनेछ। भर्जिन मोबाइलले भने बुकिङ गरेकालाई फोन कभर सित्तैमा दिनेछ।
प्रकाशित: १८ वैशाख २०७० ०८:३१ बुधबार





