२९ मंसिर २०८२ सोमबार
image/svg+xml
प्रविधि

एप्पल अब भारतको दोस्रो ठूलो स्मार्टफोन ब्राण्ड

नयाँ दिल्ली, फागुन ३० (एजेन्सी)- दक्षिण एशियामा धिमा गतिमा बजार विस्तार गरिरहेको एप्पल भारतको दोस्रो ठूलो स्मार्टफोनको सूचिमा परेको छ। यो छलाङसँगै परिवारले सञ्चालन गर्ने परम्परागत पसलको बाहुल्यता भएको भारतमा एप्पलले अब गम्भीर रुपमा बजार विस्तार गर्ने उल्लेख गरेको छ।

'एप्पल भारतमा दोस्रो स्मार्टफोन प्लेयर भएको छ। यसको मतलब उनीहरुले आफ्नो उपस्थितिमा महत्वपूर्ण छलाङ मारेका छन्', प्रविधि अनुसन्धान गर्ने आइडिसी अनुसन्धान निर्देशक भेनु रेड्डीले भने। सामसङले ३८ दशमलव ८ प्रतिशत हिस्सा ओगट्दै भारतको सबैभन्दा ठूलो स्मार्टफोन ब्राण्ड बनेको अनुसन्धानले देखाएको छ। सामसङलाई पछ्‌याउँदै एप्पलले १५ दशमलव ६ प्रतिशत हिस्सा ओगटेको छ। सोनी र नोकिया क्रमशः ९.४ तथा ७.३ प्रतिशत बजार ओगटेका छन्।

'अचानक सबैले ब्लाकबेरी, सामसङ, नोकिया र अरु किसिमका स्मार्टफोन छोडे र आइफोनतिर आकर्षित भए', एक जना उपभोक्ता आकांक्षा बलरामले भने। अमेरिकी स्मार्टफोन ब्राण्ड एप्पल भारतको दोस्रो स्थानमा उक्लिएपछि कम्पनीले भारतलाई लक्ष्यित गर्दै भिन्नै किसिमको बजार योजना तयार पार्न लागेको जनाएको छ।

प्रकाशित: ३० फाल्गुन २०६९ ०६:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App