काठमाडौं, चैत ४ (नागरिक) - सामसङ कम्पनीको नयाँ स्मार्टफोन 'सामसङ ग्यालेक्सी ग्रान्ड डुअस' नेपाली बजार भित्रिएको छ। सामसङको आधिकारिक बिक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिसेज (आइएमएस) ले शनिबारबाट औपचारिक रूपमा नयाँ स्मार्टफोन बिक्री सुरु गरेको हो। यसलाई ग्यालेक्सी ट्याब स्मार्टफोनका हाइब्रिडसमेत मानिन्छ।
शनिबार आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्य, आइएमएसका प्रमुख दीपक मलहोत्रा, अध्यक्ष दिकेश मलहोत्रा र प्रमुख कार्यकारी अधिकृत विशाल आचार्यले नयाँ स्मार्टफोनको संयुक्त रूपमा बिक्री सुरु गरे।
दुई सिमकार्ड प्रयोग गर्न मिल्ने यो स्मार्टफोनमा तेस्रो पुस्ताको मोबाइल प्रविधि (३जी) पनि चलाउन मिल्छ। पाँच इन्चको स्त्रि्कन भएको यसमा द्रुत गतिको इन्टरनेट र मोबाइल एप्लिकेसन चलाउन सकिन्छ।
गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टम प्रयोग भएकाले यसमा फेसबुक, टि्वटरलगायत सामाजिक सञ्जाल सजिलै चलाउन सकिन्छ। सामाजिक सञ्जालमार्फत् भिडियो र तस्बिर मोबइलबाटै अपलोड गर्न मिल्ने यो स्मार्टफोन नेपाली उपभोक्ताले रुचाउने कम्पनीको दाबी छ। यसमा युट्युबलगायका भिडियो साइटबाट सजिलै भिडियो हेर्न, डाउनलोड गर्न र अपलोड गर्न पनि मिल्छ।
ग्यालेक्सी ग्रान्ड डुअसमा एन्ड्रोइडको ४.१.२ जेल्लिबिन भर्सन अपरेटिङ सिस्टम प्रयोग भएको छ। यसमा एमडिएनएलई प्रविधि छ। डब्लुभिजिए टिएफटी डिस्प्लेयुक्त यसमा वाइफाई डाइरेक्ट सुविधा छ। मल्टिविन्डोयुक्त यसमा स्त्रि्कन नबदली दुइटा काम एकैसाथ गर्न सकिन्छ।

यो स्मार्टफोनमा १.२ गिगाहर्जको डुअल कोर प्रोसेसर प्रयोग गरिएको छ। यसमा ६४ गिगाबाइटसम्मको मेमोरी कार्ड प्रयोग गर्न मिल्छ। २ हजार १ सय एमएएचको ब्याट्री प्रयोग भएको यसमा ब्लकिङ मोड, भिडियो पपअप, ए-भ्वाइस, स्टे अवेकलगायत विशेषता छन्। पछाडिपट्टि ८ मेगापिक्सेल क्यामेरा भएको यसमा अगाडि भने २ मेगापिक्सेलको क्यामेरा प्रयोग भएको छ।
उपभोक्ताले एक वर्षे वारेन्टी र बिमा सुविधासहित यो स्मार्टफोन किन्न सक्नेछन्। आइएमएसले नेपालमै पहिलो पटक बिमा सुविधा सुरु गरेको हो। कम्पनीले एभरेस्ट इन्स्योरेन्ससँगको सहकार्यमा एक वर्ष निःशुल्क बिमा गरिदिने जनाएको छ। यसको बजार मूल्य ३७ हजार ५ सय रुपैयाँ तोकेको छ।
नेपाली बजारमा यो सेट लोकप्रिय हुने आइएमएसका प्रमुख मलहोत्राले बताए। 'यो स्मार्टफोन अरूजस्तै लोकप्रिय हुनेछ,' उनले भने, 'नेपाली ग्राहकले किस्ताबन्दी सुविधामा पनि यो सेट खरिद गर्न सक्नेछन्।' कम्पनीले शून्य ब्याज दरमा १२ महिने किस्तामा यो स्मार्टफोन उपलब्ध गराउने योजना ल्याएको छ।
मलहोत्राले विभिन्न दूरसञ्चार सेवा प्रदायकसँग सहकार्य गरेर परीक्षणपछि मात्र नेपालमा सामसङका मोबाइल ल्याउने गरेको जानकारी दिए। यसले उपभोक्तालाई समस्या नपर्ने र नठगीने उनले बताए। बजारमा तस्करी भएर आएका मोबाइल पनि पाइने भएकाले कम्पनीले उपभोक्तालाई सचेत हुन आग्रह गरेको छ। यसै गरी उनले तस्करी भएर आउने मोबाइल रोक्न सरकारसँग माग गरेका छन्। 'चोरी पैठारी भएर आउने मोबाइल सेट बिक्री गर्नेलाई सरकारले कारबाही गरोस्,' उनले भने।
कार्यक्रममा महासंघका अध्यक्ष वैद्यले चोरी पैठारीबाट राज्यलाई घाटा हुने भन्दै सरकारले यस्ता कार्य रोक्नुपर्ने बताए। राज्यले राजस्व गुमाउने कार्य रोक्न पहल गर्नुपर्ने उनको जोड थियो।

एनसेलको ५ सय एमबी डाटा सित्तै
यसैबीच सामसङ ग्यालेक्सी ग्रान्ड डुअस स्मार्टफोन खरिदकर्तालाई एनसेलले ५ सय मेगाबाइट डाटा सिँत्तै दिने भएको छ। एनसेलले आइतबारबाट यस्तो सुविधा दिने छ । ‘एनसेल छ यसमा' नामक योजना ल्याएर एनसेलले यस्तो सुविधा दिने भएको हो। सामसङको आधिकारिक पसलबाट यो स्मार्टफोन किन्दा ग्राहकले डाटाका लागि भौचर पाउनेछन्। यसरी पाइएको भौचरलार्ई एनसेलको सिम भएका ग्राहकले एसएमएस, आइभिआर र युससडीबाट एक्टिभेट गर्न सक्नेछन्।
एनसेलको सिम नभएका ग्राहकले पनि भौचर लागि कुनै पनि एनसेल सेन्टरबाट सजिलो ट्यारिफअन्तर्गत एउटा सिमकार्ड र त्यसमै ५ सय एमबीको इन्टरनेट प्याकेज सिँत्तै पाउन सक्नेछन्। यस्तो भौचरलाई ग्राहकले योजना सुरु भएको दिनबाट ९० दिनभित्र प्रयोग गरिसक्नुपर्ने छ। इन्टरनेट भौचर स्टक रहुन्जेल प्रदान गरिने कम्पनीले जनाएको छ।
प्रकाशित: ३ चैत्र २०६९ २२:२९ शनिबार



-600x400.jpg)

