७ पुस २०८२ सोमबार
image/svg+xml
प्रविधि

सामसङ ग्यालेक्सी ग्रान्ड डुअस नेपालमा

काठमाडौं, चैत ४ (नागरिक)- सामसङ कम्पनीको नयाँ स्मार्टफोन 'सामसङ ग्यालेक्सी ग्रान्ड डुअस' नेपाली बजारमा भित्रिएको छ। सामसङको आधिकारिक बिक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिसेज(आइएमएस)ले शनिबारदेखि नयाँ स्मार्टफोनको बिक्री सुरु गरेको हो।

यो स्मार्टफोनलाई ग्यालेक्सी ट्याब र स्मार्टफोनका हाइब्रिड समेत मानिन्छ। शनिबार राजधानीमा कार्यक्रम गरि कम्पनीले ग्यालेक्सी ग्रान्ड डुअसको औपचारिक बिक्री सुरु गरेको हो।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैंद्य, आइएमएसका प्रमुख दीपक मलहोत्रा, अध्यक्ष दिकेस मलहोत्रा र प्रमुख कार्यकारी अधिकृत विशाल आचार्यले नयाँ स्मार्टफोनको संयुक्तरुपमा बिक्री सुरुआत गरे।
दुइवटा सिमकार्ड प्रयोग गर्न मिल्ने यो स्मार्टफोनमा तेस्रो पुस्ताको मोबाइल प्रविधी(थ्रिजी) पनि चलाउन मिल्छ। पाँच इन्चको स्त्रि्कनयुक्त यो स्मार्टफोनमा द्रुत गतिको इन्टरनेट र मोबाइल एप्लिकेसनहरु चलाउन सकिन्छ।
गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टम प्रयोग भएकाले यसमा फेसबुक, टि्वटरलगायतका सामाजिक सञ्जालहरु सजिलै चलाउन सकिन्छ। सामाजिक सञ्चालमार्फत भिडियो र तस्विर मोबइलबाटै अपलोड गर्न मिल्ने यो स्मार्टफोन नेपालीहरुले रुचाउने कम्पनीको दाबी छ। यसमा युटुबलगायका भिडियो साइटबाट सजिलै भिडियो हेर्न, डाउनलोड गर्न र अपलोड गर्न पनि मिल्छ।
ग्यालेक्सी ग्रान्ड डुअसमा एन्ड्रोइडको ४.१.२ जेल्लिबिन भर्सनको अपरेटिङ सिस्टम प्रयोग भएको छ। यसमा एमडिएनएलई प्रविधि प्रयुक्त छ। डब्लुभिजिए टिएफटी डिस्प्लेयुक्त यो स्मार्टफोनमा वाइफाई डाइरेक्टको सुविधा छ। मल्डि विन्डोयुक्त यो फोनमा स्त्रि्कन नबदलीकन दुइवटा काम एकैसाथ गर्न सकिन्छ।
यो स्मार्टफोनमा १.२ गिगाहर्जको डुअल कोर प्रोसेसर प्रयोग गरिएको छ। यसमा ६४ गिगाबाइटसम्मको मेमोरी कार्ड प्रयोग गर्न मिल्छ। २ हजार १ सय एमएएचको ब्याट्री प्रयोग भएको यो स्मार्टफोनमा ब्लकिङ मोड, भिडियो पप अप, ए-भ्वाइस, स्टे अवेकलगायतका विशेषता छन्। पछाडीपट्टी ८ मेगापिक्सेलको क्यामेरा भएको यो स्मार्टफोनमा अगाडीपट्टी भने २ मेगापिक्सेलको क्यामेरा प्रयोग भएको छ।
उपभोक्ताले एक वर्षे वारेन्टी र बिमा सुविधा सहित यो स्मार्टफोन किन्न सक्नेछन्। आइएमएसले नेपालमै पहिलो पटक बिमा सुविधा सुरु गरेको हो। कम्पनीले एभरेष्ट इन्सुरेन्ससँगको सहकार्यमा १ वर्षको निःशुल्क बिमा गरिदिने कम्पनीले जनाएको छ। कम्पनीले यसको बजार मूल्य ३७ हजार ५ सय तोकेको छ।
नेपाली बजारमा यो सेट लोकप्रिय हुने आइएमएसका प्रमुख मलहोत्राले बताए। 'नेपाली बजारमा यो स्मार्टफोन अरु जस्तै लोकप्रिय हुनेछ,' उनले भने, 'नेपाली ग्राहकले किस्ताबन्दी सुविधामा पनि यो सेट खरिद गर्न सक्नेछन्।' कम्पनीले शून्य ब्याजदरमा १२ महिने किस्तामा यो स्मार्टफोन उपलब्ध गराउने योजना ल्याएको छ।
मलहोत्राले विभिन्न दूरसञ्चार सेवा प्रदायकसँग सहकार्य गरेर परीक्षण पछि मात्र नेपालमा सामसङका मोबाइल ल्याउने गरेको जानकारी दिए। यसले गर्दा उपभोक्तालाई समस्या नपर्ने र नठगीने उनले बताए। बजारमा तस्करी भएर आएका मोबाइल पनि पाइने भएकाले कम्पनीले उपभोक्ताई सचेत हुन आग्रह गरेको छ। यसैगरी सरकारलाई तस्करी भएर आउने मोबाइल रोक्न माग गरेको छ। 'चोरी पैठारी भएर आउने मोबाइल सेट बिक्री गर्नेलाई सरकारले कारबाही गरोस्' उनले भने।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष वैंद्यले चोरी पैठारीले राज्यलाई घाटा हुने हुदा सरकारले यस्ता कार्य रोक्नुपर्ने बताए। उनले राज्यले राजस्व गुमाउने कार्य रोक्न पहल गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा आइएमएसका अध्यक्ष मलहोत्राले नयाँ स्मार्टफोन विश्वभरमै धेरै बिकेकामध्येमा पर्ने भएकाले नेपालमा पनि धेरै बिक्ने बताए।
ग्रान्ड किन्नेलाई एनसेलको ५ सय एमबी डाडा सित्तैमा

सामसङले शनिबारदेखि नेपाली बजारमा बिक्री सुरु गरेको सामसङ ग्यालेक्सी ग्रान्ड डुअस स्मार्टफोन खरिदकर्तालाई एनसेलले ५ सय मेगाबाइटको डाटा सित्तैमा दिने भएको छ।

एनसेलले आइतबारदेखि यस्तो सुविधा दिने भएको हो। ‘एनसेल छ यसमा' नामक योजना ल्याएर एनसेलले यस्तो सुविधा दिने भएको हो। सामसङको आधिकारीक पसलबाट यो स्मार्टफोन किन्दा ग्राहकले डाटाका लागि भौचर पाउने छन्। यसरी पाइएको भौचरलार्ई एनसेलको सिम भएका ग्राहकले एसएमएस, आइभिआर र युससडीबाट एक्टिभेट गर्न सक्नेछन्।

एनसेलको सिम नभएका ग्राहकले पनि भौचर लगि कुनै पनि एनसेल सेन्टरबाट सजिलो ट्यारिफ अन्तर्गतको एउटा सिमकार्ड र त्यसमै ५ सय एमबीको इन्टरनेट प्याकेज सित्तैमा पाउन सक्नेछन्। यस्तो भौचरलाई ग्राहकले योजना शुरु भएको दिनबाट ९० दिन भित्र प्रयोग गरिसक्नुपर्नेछ। इन्टरनेट भौचर स्टक रहुञ्जेल प्रदान गरिने कम्पनीले जनाएको छ।

प्रकाशित: ३ चैत्र २०६९ १२:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App