७ वैशाख २०८१ शुक्रबार
प्रविधि

भारतको टाटा समूहले बनायो ९० मिनेटमै नतिजा दिने नयाँ काेरोना टेस्ट किट

फाइल तस्बिर

भारतको टाटा समूहले केन्द्र सरकारसँग मिलेर तीव्र गतिमा कोरोना परीक्षणका लागि नयाँ टेस्ट किट विकास गरेको छ। 

यसले आरटी–पिसिआर विधिबाट भन्दा चाँडो अर्थात् ९० मिनेटमै नतिजा दिने कम्पनीले जनाएको छ।  

साथै यसले दिने नतिजा एन्टिजेन टेस्टको भन्दा बढी विश्वसनीय हुने दाबी गरिएको छ। यस परीक्षणका लागि पनि पिसिआर जाँचका लागि जस्तै नाकबाटै नमुना लिनुपर्नेछ।  

यो टेस्ट किट टाटा समूहको कम्पनी टाटा मेडिकल एन्ड डायग्नोस्टिकले बनाएको हो।  यस टेस्ट किटको नाम ‘टाटाएमडी चेक’ हो। 

निर्माता कम्पनीका कार्यकारी अधिकृत गिरीश कृष्णमूर्तिले रोयटर्ससँग भनेका छन्, ‘यसले ९० मिनेटमै कोरोनाको नतिजा दिन्छ।’

आगामी महिनादेखि अस्पताल र प्रयोगशालाका लागि यसको बिक्री सुरु गरिने उनले जानकारी दिएका छन्। यो धेरै महँगो उपकरण नभएको पनि उनले बताए। 

चाँडै चेन्नईस्थित आफ्नो कारखानामा यस्तो १० लाख किट उत्पादन सुरुसमेत गरिसकिएको कम्पनीले जानकारी दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

प्रकाशित: २७ कार्तिक २०७७ १०:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App