३ माघ २०८२ शनिबार
image/svg+xml
प्रविधि

युट्युबका भिडियो हेर्न डलर तिर्नुपर्ने

काठमाडौँ, माघ १७ (एजेन्सी) - विश्वको नम्बर एक भिडियो वेबसाइट युट्युबले आफ्ना केही विशेष च्यानलहरुका भिडियो हेर्न निश्चित रकम तिर्नुपर्ने व्यवस्था गर्न लागेको छ। परम्परागत टिभीका विज्ञापनदाता र दर्शकलाई सीधै चुनौति दिने हिसाबले युट्युबले यस्तो व्यवस्था गर्न लागेको हो। इस्टरसम्ममा यस्तो च्यानलहरु देखिने र युट्युबले महिनामा एक डलरदेखि ५ डलरसम्म लिने बेलायतको डेली मेलले जनाएको छ।

विशेष च्यानलका अतिरिक्त एक पटक मात्र हेर्नलाई पनि डलर तिर्नुपर्ने व्यवस्था युट्युबले परीक्षण गरिरहेको छ। अहिलेसम्म युट्युबमा रहेका सबै भिडियो दर्शकहरुले निःशुल्क हेर्न पाइरहेका थिए।

 

 

प्रकाशित: १७ माघ २०६९ ०३:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App