coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
प्रविधि

सासबाटै कोरोना संक्रमण पत्ता लगाउने प्रविधि

फाइल तस्बिर

वेल्समा विकास गरिएको स्वास्थ्य परीक्षण प्रविधिले मानिसको सासबाटै उसमा कोरोना भाइरस छ/छैन पत्ता लगाउन सक्ने अनुसन्धानकर्ताले बताएका छन्।  

यो नयाँ उपकरण वेल्सस्थित इम्स्पेक्स डाइग्नोस्टिक्स कम्पनीले विकास गरेको हो।  

सुरुमा उसले फोक्सोको क्यान्सरजस्ता रोग र ब्याक्टेरिया र भाइरसले गराउने श्वासप्रश्वाससम्बन्धी रोगबीच भिन्नता छुट्याउन यो प्रविधि विकास गर्न लागेको थियो। 

तर यहीबीच कोरोना महामारी सुरु भएपछि प्रविधिलाई कोरोना परीक्षणका लागि विकास गरिएको कम्पनीले जनाएको छ। 

उक्त उपकरणमार्फत स्कटल्यान्ड र जर्मनीमा मानिसको सास परीक्षण गर्दा तुरुन्त नतिजा आएको ‘लान्सिट’ जर्नलमा प्रकाशित लेखमा उल्लेख छ।  

प्रविधि विकासकर्ता कम्पनी इम्स्पेक्स डाइग्नोस्टिक्सले बजेट सुनिश्चित भएमा ६ महिनाभित्र आम प्रयोगका लागि उपकरण तयार हुन सक्ने जनाएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सान्टी डोमिनगुएजले यसको सम्भावना निकै उत्साहप्रद छ देखिएको बताएका छन्।  

यो प्रविधिबाट कोरोना परीक्षण गर्न तत्काल नमुना (सास) लिन सकिने, कुनै जनशक्ति नचाहिने र केही मिनेटभित्रै नतिजा थाहा पाउन सकिने उनको भनाइ छ। खासगरी यो हवाई तथा स्थल यातायात क्षेत्रमा बढी उपयोग हुने उनले बताए। बिबिसीबाट

प्रकाशित: १७ कार्तिक २०७७ ०७:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App