फिलिप्स ५५०० सिरिजका ४६ इन्चको टिभीलाई २ लाख ५९ हजार ९ सय रुपैयाँ भाउ तोकिएको छ भने ४० इन्चको थ्रिडी स्मार्ट एलइडी टिभीलाई १ लाख ८९ हजार ९ सय।
कम्पनीले फिलिप्सको डिजिटल क्रिस्टल क्लियर(डिसिसी) प्रविधियुक्त ३००० सिरिजका एलसिडी र ३५०० सिरिजका एलइडी एवं पिक्सेल प्लस एचडीयुक्त ४००० सिरिजका स्मार्ट एलइडी र ५५०० सिरिजका स्मार्ट एलइडी टिभी बजारमा ल्याएको हो। कम्पनीका अनुसार डिसिसी प्रविधिले डिजिटलरुपमा कन्ट्रयास्ट, कलर र सार्पनेसलाई मिलाउँछ।
४००० सिरिजको ४२ इन्चको स्मार्ट एलइडी टिभीको भाउ १ लाख ३८ हजार ९ सय र ४७ इन्चको स्मार्ट एलइडी टिभीको भाउ १ लाख ७९ हजार रुपैयाँ पर्छ।
यसैगरी ३५०० सिरिजका ३२ इन्चका एलइडी टिभीको भाउ ५९ हजार ९ सय र ४६ इन्चको १ लाख ३९ हजार रुपैयाँ तोकिएको छ। फिलिप्स ३००० सिरिजका ४२ इन्चको एलसिडी टिभीको भाउ ७९ हजार ९ सय तोकिएको छ। कम्पनीले नयाँ टिभीहरु इन्धन किफायती भएको दाबी गरेको छ। केही समयका लागि कम्पनीले टिभीमा ५ प्रतिशत छुट दिएको छ।
फिलिप्स ५५०० सिरिजका थ्रिडी स्मार्ट एलइडी टिभीमा पिक्सेल प्लस एचडी सुविधा छ। यो टिभीलाई नेपाली बजारमा उच्चस्तरीय प्रिमियम वर्गको टिभी भएको दाबी कम्पनीले गरेको छ। यसमा विभिन्न एप्लिकेसनको सुविधा छ। थ्रिडी हेर्न मिल्ने यो टिभीमा गेम पनि खेल्न मिल्छ।
फिलिप्स सिंगापुरका क्षेत्रीय उत्पादन बजार प्रबन्धक इभान चानले नयाँ सिरिजका टिभीहरुमा उच्चतम आधुनिक प्रविधि प्रयोग भएको बताए। उनले यी टिभीमा एचडी गुणस्तरको भिडियो हेर्न सकिने, स्मार्टफोनले नियन्त्रण गर्न सकिने, रेकर्ड गर्न सकिनेलगायत विशेषता रहेको जानकारी दिए।
प्रकाशित: १६ आश्विन २०६९ २३:३४ मंगलबार





