७ वैशाख २०८१ शुक्रबार
प्रविधि

टेलिकमले ल्यायो एसईई अफर, यस्ता छन् सुविधा

नेपाल टेलिकमले एसईई विद्यार्थीहरुका लागि विद्यार्थी अफर प्याक सीम ल्याएको छ। उक्त अफरको सीम टेलिकमका देशभर रहेका काउन्टरहरुबाट निःशुल्क उपलब्ध हुने छन्। विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सीम छ भने त्यही सीममा अफर उपलब्ध गराउने व्यवस्था समेत गरिएको टेलिकममा प्रवक्ता राजेश जोशीले बताए।  

नयाँ सीम लिनका लागि विद्यार्थीहरुले एसईई प्रवेश–पत्रको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता वा अरु परिचय पत्रको फोटोकपी संलग्न गरी फाराम भर्नु पर्नेछ। सीम लिइसकेपछि अफरहरु प्राप्त गर्नका लागि नयाँ मोबाइल नम्बरबाट ८ज्ञटण्ण्३ मा डायल गरी प्राप्त निर्देशन बमोजिम सिम्बोल नम्बर र जन्म मिति (विक्रम सम्वत) उल्लेख गर्नुपर्दछ।  

नयाँ लिइएका सिमकार्ड एक्टिभ भए पश्चात् उनीहरुलाई स्टुडेन्ट रजिष्ट्रेसन प्याक योजना अन्तर्गत नेपाल टेलिकमको नेटवर्कभित्र दैनिक १० मिनेट कुराकानी र ५ वटा एसएमएस गर्न तथा १०० एमबी डाटा प्रयोग गर्न सकिने गरी मासिक ३ हजार एमबी डाटा, ३५० मिनेट टकटाइम र १५० वटा एसएमएसको सुविधा प्राप्त टेलिकमले जनाएको छ।  

नयाँ सिममा रु. ५० वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा पनि ५०० एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्क भित्र ५० मिनेट कल र ५० वटा एसएमएस पठाउन सकिने बोनस सुविधा समेत उपलब्ध हुनेछ। यो बोनसवापत पाइएको सुविधा ३ दिनभित्र प्रयोग गरिसक्नु पर्नेछ । हरेक पटक रिचार्ज गरेपश्चात् प्राप्त हुने सो सुविधा एक वर्ष अवधिसम्म उपयोग गर्न सकिनेछ।

 

 

प्रकाशित: २ भाद्र २०७७ ११:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App