१ माघ २०८२ बिहीबार
image/svg+xml
प्रविधि

टोक्योमा सामसुङ विजयी

टोक्यो, भदौ १५ (एजेन्सी)- जापानको टोक्योस्थित एउटा अदालतले सामसुङले एप्पलको पेटेन्ट उल्लङ्घन नगरेको ठहर गरेको छ। टोक्यो जिल्ला अदालतले शुक्रबार यस्तो फैसला गरेको हो।  एप्पल र सामसुङबीच अमेरिका लगायत विश्वका विभिन्न मुलुकमा पेटेन्टसम्बन्धी मुद्दा चलिरहेको छ।

गत साता अमेरिकाको अदालतले एप्पलको पेटेन्ट सामसुङले उल्लङ्घन गरेको ठहर गर्दै एक अर्ब अमेरिकी डलर क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो। दक्षिण कोरियाको अदालतले भने एप्पल र सामसुङ दुवैले एक अर्काको पेटेन्ट उल्लङ्घन गरेको फैसला सुनाएको थियो। यसले एप्पललाई सामसुङको दुई वटा पेटेन्ट चोरेको भन्दै चार करोड वन जरिवाना तिर्न आदेश दिएको हो। त्यसैगरी सामसुङलाई पनि एप्पलको एउटा पेटेन्ट चोरेको ठहर गर्दै साढे दुई करोड वन जरिवाना तिर्न अदालतले भनेको हो।

अमेरिकामा भने असोजको पहिलो साता हुने सुनुवाईमा एप्पलले सामसुङका उत्पादनहरुमा एकमुष्ट प्रतिबन्ध लगाउनु पर्ने माग गर्ने बताइसकेको छ।


प्रकाशित: १५ भाद्र २०६९ ००:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App