उनले फेसबुकमा कृशी कृशको नामबाट बुङ्गा बुङ्गा इभेन्ट बनाएका थिए। सो पार्टीमा १० देखि १७ वर्ष उमेरका किशोरीहरु समावेश गरी उनीहरुबाट मनोरञ्जन लिन सकिने र उक्त पार्टीमा सहभागी हुन चाहने ब्यक्तिहरुका लागी दुई हजार यूरो खर्च लाग्ने भन्ने सूचना प्रवाह गरेको देखिएको सिआइबीले बताएको छ।
पोखरेल अन्तर्राष्ट्रिय रुपमा यौन पर्यटन कार्यमा संलग्न रहेको र उनले प्रयोग गरेका इमेलहरुबाट आर्थिक लाभका लागि नग्न तस्विरहरु आदान प्रदान गर्ने गरेको आरोप प्रहरीले लगाएको छ।
प्रहरीले उनलाई कुमारीगालबाट शुक्रबार नै पक्राउ गरेको र विद्युतीय कारोबार ऐन अन्तर्गत आवश्यक अनुसन्धान तथा कारवाहीको लागि महानगरिय प्रहरी परिसर हनुमानढोकामा बुझाएको छ।
अभियोग प्रमाणित भए विद्युतीय कारोबार ऐन अन्तर्गत ५ वर्ष कैद र १ लाखसम्म जरिवाना हुनसक्छ।
प्रकाशित: ११ भाद्र २०६९ ०७:०५ सोमबार





