रिलिज हुनुअघि प्रतिघण्टा औसत १२ सय ट्वीट अवतारले प्राप्त गरेको थियो। यसअनुसार पहिलो सप्ताहान्तमा यो फिल्मले सात करोड ७० लाख डलरको व्यापार गर्यो। त्यसैगरी न्यू मुनको प्रति घण्टा १ हजार ३६६ ट्वीट थियो र यसले १४ करोड २० लाख डलरको व्यापार गर्यो। ट्रान्सिलमेनिया फिल्मको ट्वीट दर २ दशमलव ७५ मात्रै थियो र यसले व्यापार पनि २ लाख ६४ हजारको मात्रै गर्यो।
निर्माण पक्ष र उनीहरूका जनसम्पर्क हेर्ने व्यक्तिहरूले गर्ने ट्वीट कुनै फिल्मको सफलता आँक्न उति प्रयोग नहुने देखियो।
त्यसैगरी अध्ययनले ट्वीटरमा धेरै प्रोमोसनल बजेट खर्च गर्दैमा टिकट बिक्री धेरै नहुने निष्कर्ष निकालेको छ। त्यसो भए पनि फिल्मको रिलिज हुने साताअघि सामान्य ट्वीटर प्रयोगकर्ताहरूले गर्ने ट्वीटको संख्याले ओपनिङ विकेन्डको टिकट बिक्री सही रूपमा अनुमान गर्न सकिने यसबाट देखिएको छ।
(एजेन्सीको सहयोगमा)
प्रकाशित: २५ श्रावण २०६९ ०२:२५ बिहीबार





