३ माघ २०८२ शनिबार
image/svg+xml
प्रविधि

गरिबलाई सरकारले मोबाइल उपहार दिने

नयाँ दिल्ली, साउन २५ (सिन्ह्वा)-भारत सरकारले हरहात मोबाइल फोन भन्ने कार्यक्रमअन्तर्गतसबै गरिब परिवारलाई मोबाइल फोन उपहार दिने भएको छ।  

गरिबीको रेखामुनि रहेका भारतीय नागरिकलाई सरकारले उपहारस्वरुप प्रत्येक परिवारलाई एक/ एकवटा मोबाइल फोन उपहार दिने भएको भारतीय सञ्चारमाध्यमले बुधबार जनाएका छन्

त्यस सम्बन्धी सरकारी कार्यक्रममा भारतीय प्रधानमन्त्री मनमोहन सिंहले यही अगस्ट १५ तारिखमा घोषणा गर्ने छन्। फोनमा प्रत्येक परिवारलाई २०० भारतीय रुपैयाँ बराबरको फोन गर्ने समय पनि निशुल्क रुपमै उपलब्ध गराइने छ।

प्रधानमन्त्री कार्यालयलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियामा प्रकाशित समाचारअनुसार कार्यक्रमबाट भारतका करिब ६० लाख परिवार लाभान्वित हुनेछन्। भारतमा गरिबीको रेखामुनि रहेका नागरिकको संख्या त्यति नै छ।

कार्यक्रमका लागि भारतको टेलिकम मन्त्रालयको लोककल्याणकारी कोष उपलब्ध गराइने भएको पनि समाचारमा जनाइएको छ। यो कार्यक्रमलाई भारतीय जनता पार्टीले भने सरकारको प्रचारात्मक काम भनी टिप्पणी गरेको बताइएको छ।

आगामी सन् २०१४ मा भारतमा हुन गइरहेको आम निर्वाचनका लागि आफ्नो पक्षमा मततान्ने अभियानका रुपमा सरकारले सो प्रचारात्मक काम थालेको र यसले गरिब नागरिकको जीवनस्तरमा खासै सुधार नल्याउने उसले प्रतिक्रिया दिएको छ।

प्रकाशित: २४ श्रावण २०६९ २२:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App