coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रविधि

सामसुङलाई पछि पार्दै हुवावेले पहिलोपटक बनायो नयाँ रेकर्ड

चीनको स्मार्टफोन निर्माता कम्पनी हुवावेले यस वर्षको दोस्रो त्रैमासिक अवधिमा स्मार्टफोन बिक्रीमा नयाँ विश्व रेकर्ड कायम गरेको छ ।  

स्मार्टफोन बिक्रीको अनुगमन गर्ने क्यानालिसका अनुसार हुवावेले सामसुङलाई पछि पार्दै पहिलोपटक नयाँ रेकर्ड बनाएको हो । 

क्यानालिसका अनुसार अमेरिकी प्रतिबन्धको सामना गरिरहेको हुवावेले ५ करोड ५८ लाख थान स्मार्टफोन अन्यत्र पठाएको छ ।  सामसुङले यही अवधिमा ५ करोड ३७ लाख थान स्मार्टफोन निर्यात गरेको छ । अमेरिकी प्रतिबन्धका कारण विदेशमा हुवावेका मोबाइल सेटको बिक्री घटेको छ, तर स्वदेशमा यसको माग तीव्र छ ।  

हुवावेका सेटमध्ये ७० प्रतिशतभन्दा बढी चीनमै बिक्री भइरहेको क्यानालिसले जनाएको छ । क्यानालिसका अनुसार हुवावेका स्मार्टफोनको निर्यात दोस्रो त्रैमासिक अवधिमा झण्डै एकतिहाइले घटेको छ ।  

क्यानालिसका विश्लेषक मो जियाले चिनियाँ बजारले मात्र हुवावेलाई विश्वको पहिलो श्रेणीको स्मार्टफोन निर्माता कम्पनीका रूपमा टिकाइराख्न नसक्ने चेतावनी दिएका छन् । दूरसञ्चार नेटवर्किङ उपकरण उत्पादनमा बर्चस्व कायम गर्न थालेको हुवावेका विषयमा संयुक्त राज्य अमेरिका र चीनबीच विवाद पनि बढेको छ ।  

अमेरिकाले हुवावेका कारण विश्वमै साइबर सुरक्षामा चुनौती खडा हुने चेतावनी दिइरहेको छ । हालै मात्र अमेरिकाले हुवावेलाई अमेरिकी बजारमा प्रतिबन्ध लगाएको छ भने यस कम्पनीलाई एक्ल्याउन विश्वव्यापी अभियान नै चलाइरहेको छ । एएफपी

प्रकाशित: १५ श्रावण २०७७ १२:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App