३० पुस २०८२ बुधबार
image/svg+xml
प्रविधि

एमएसआईको ट्याब्लेट पिसी

काठमाडौं, असार २० (नागरिक)-ओसन कम्प्युटर र इनटेक इन्डस्ट्रिजले नेपाली बजारमा नयाँ ट्याब्लेट पिसीको बिक्री सुरु गरेको छ। एमएसआई कम्प्युटरको आधिकारिक बिक्रेता ओसनले एमएसआईको 'विन्डो प्याड' र इनटेकले 'एसआई-७' ट्याब्लेटको बिक्री सुरु गरेको हो।
ओसनका प्रबन्धक सुरेश कायस्थले ट्याब्लेट पिसीको माग बढ्दै गएकाले आफूहरुले पनि प्याड बजारमा ल्याएको बताए। यसको आकार, तौल र मोबाइलको जस्तै विशेषताले बजारमा लोकप्रियता बढेको उनको दाबी छ।

एमएसआईको 'विन्डोप्याड'मा ७ इन्चको टचस्त्रि्कन, कोर्टेक्स ए-८, १.० गिगाहर्जको अपरेटिङ सिस्टम, एन्ड्रोइडको ४.० आइसक्रिम स्टयान्डविच अपरेटिङ सिस्टम, ५ प्वाइन्ट मल्टिटच, १ गिगाबाइट र्‍याम, ८ जिबी हार्डड्राइभ, ३२ गिगाबाइटसम्म मेमोरी बढाउन मिल्ने, वाइफाई, वेबक्याम, थि्रजी डाटा कार्डलगायत सुविधा छन्।
यसमा ०.३ मेगापिक्सेलको फ्रन्टक्यामेरा, जि-सेन्सर एक्सेलेटोमेटरलगायतका थप विशेषता पनि छन्। कम्पनीले १ महिनामा २ सयभन्दा बढी ट्याब्लेट बिक्री गर्ने लक्ष्य राखेको छ। यसको मूल्य १७ हजार ५ सय रुपैयाँ तोकिएको छ।

यसैगरी 'एसआई-७' ट्याब्लेटमा ७ इन्चको टचस्त्रि्कन, स्लिम आकार, १.२ गिगाहर्जको कोर्टेक्स ए-८, १.२ गिगाहर्ज प्रोसेसर, एन्ड्रोइड ४.० आइसक्रिम स्यान्डविच अपरेटिङ सिस्टम, ५ सय १२ मेगाबाइट र्‍याम, ८ जिबी मेमोरी, ३२ जिबीसम्म बढाउन मिल्ने, थि्रजी डाटालगायत सुविधा यसमा छन्। एक वर्षे वारेन्टीसहित दुवै ट्याब्लेट पिसी बजारमा आएका हुन्।

प्रकाशित: १९ असार २०६९ २३:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App