५ चैत्र २०८२ बिहीबार
image/svg+xml
प्रविधि

याहू प्रमुखद्वारा राजीनामा

वासिङटन, जेठ १ (एजेन्सी)- आफ्नो शैक्षिक योग्यताबारे प्रश्नहरु उठिरहँदा याहूका प्रमुख कार्यकारी स्कट थम्पसनले आइतबार राजीनामा दिएका छन्।
आज एक विज्ञप्ति जारी गर्दै याहूले कम्पनीको विश्व सञ्चार प्रमुख रोस लेभिन्सनले प्रमुख कार्यकारीको अन्तरिम जिम्मेवारी सम्हाल्ने बताएको छ।

विज्ञप्तिमा थम्पसनले कम्पनी छाडेको उल्लेख छ। तर थम्पसनले कसरी कम्प्युटर साइन्समा डिग्री गरेको नक्कली प्रमाणपत्रहरु पेश गरेको भन्ने बारे भने केही उल्लेख छैन।

प्रकाशित: १ जेष्ठ २०६९ ०७:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App