४ माघ २०८२ आइतबार
image/svg+xml
प्रविधि

सामसुङको नयाँ सनसनी

मोबाइलको दुनियाँमा धेरैले धेरै समयदेखि प्रतिक्षा गरिरहेको सामसुङको नयाँ मोबाइल ग्यालेक्सी एस थ्री गएको साता बजारमा आयो। बजारमा आउनु के थियो, यसले सनसनी मच्चाइरह्यो। स्मार्टफोनको संसारमा सबैभन्दा पछिल्ला सुविधाहरुयुक्त यो फोन महँगो त छ नै, यसका विशेषताहरु पनि लोभलाग्दा छन्। एप्पलको आइफोनभन्दा निकै नयाँ सुविधा यसले दिएको छ। तर धन्दा नमान्नुस्, स्मार्टफोनको प्रतिस्पर्धामा एप्पलमात्र के पछि रहन्थ्यो, उसले पनि आइफोनको नयाँ संस्करण सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

विशेषखाले स्क्रिन
यो मोबाइलमा सबैभन्दा ठूलो परिवर्तन सुरुमा स्वि्र्कनमा गरिएको चर्चा चलेको थियो। सामान्य हैन, यसमा चार दशमलव आठ इञ्चको ठूलो एचडी एमोलेड स्वि्र्कन राखिएको छ। जुन ग्यालेक्सी एस टुभन्दा ठूलो र ग्यालेक्सी नोटभन्दा अलि सानो हो।

आँखाले हेरेसम्म अन
यो मोबाइलको सबैभन्दा फरक खाले विशेषता स्मार्ट स्टे पनि हो। यो एउटा यस्तो प्रविधि हो, जसले प्रयोगकर्ताको आँखालाई ट्रयाक गर्छ। अर्थात् यदि तपाइँको आँखाले मोबाइललाई हेरिरेको छ भने यसको यो चलाख प्रविधिले तुरुन्त थाहा पाउँछ। अनि स्त्रि्कनलाई डिम अर्थात् मधुरो हुन दिँदैन। प्रयोग गरी हेर्नेले मात्र थाहा पाउँछन्, यो कति उपयोगी सुविधा हो भनेर।

एस भ्वाइस
यो भने एप्पलको आइफोनमा भएको भ्वाइस असिस्टेन्ट सिरीको जस्तो सुविधा भएको तपाइँको आवजको आदेश मान्ने एउटा सफ्टवेयर हो। यसले बिहान बिहानै लगातार अर्लाम बजेर दिक्क बनाए स्नूज भनेपछि आफै अर्लाम बन्द गरिदिन्छ। साथीलाई फोन गर भनेर नाम भनेपछि आफै डायल गरिदिन्छ। तर अहिलेलाई यो सुविधा अंग्रेजी बाहेक फ्रान्सेली, इटाली र जर्मन भाषामा मात्र उपलब्ध छ।

५० जीबी स्पेस निःशुल्क
यो फोनका साथमा ड्रपबक्स नामको अनलाइन स्टोरेजले ५० जीबी ठाउँ निःशुल्क उपलब्ध गराउँछ। यद्यपि यो दुई वर्षका लागि मात्र उपलब्ध हुने बताइएको छ। यसमा तपाइँले आफूलाई मनपर्ने फोटो, भिडियो, गीत जे पनि स्टोर गर्न सक्नुहुन्छ।

फ्लिपबोर्ड
सामसुङको स्मार्टफोनको यो संस्करणमा तपाइँले हाल आइप्याड र आइफोनमा मात्र भएको अनलाइन म्यागेजिन शैलीको क्युरेट सिस्टमको सुविधा भएको फि्लपबोर्ड पनि चलाउन सक्नुहुन्छ।

क्वाड कोर प्रोसेसर
यो फोनमा सामसुङको क्वाड कोर एक्सिनोस प्रोसेसर रहेको छ। यस्तो प्रोसेसर तपाइँले अहिले चलाइरहनुभएको ल्यापटपमा समेत नहुन सक्छ। अनि यसमा आठ मेगापिक्सेलको क्यामेरा छ। यो नीलो र सेतो दुई रंगमा किन्न पाइन्छ।

ब्याट्री निकाल्न मिल्छ
आइफोनका संस्करणहरुमा रिमुभेबल ब्याट्रीको सुविधा छैन। तर यसमा २१०० एमएएचको ब्याट्री निकाल्न मिल्छ। १६, ३२ र ६४ जीबी गरी यो तीन थरिमा उपलब्ध हुन्छ। माइक्रो एसडी कार्ड हालेर पनि थप ६४ जीबीसम्म भण्डारण क्षमता यसमा थप्न सकिन्छ।

भिडियो खिच्दाखिच्दै फोटो
यो मोबाइलले भिडियो खिच्दाखिच्दैको अवस्थामा पनि फोटो खिच्न मिल्ने सुविधा थपेको छ। अरु क्यामेरामा जस्तो यसमा पनि फ्रन्ट फेसिङ क्यामेरा पनि रहेको छ। फ्रन्ट फेसिङ क्यामेराको गुणस्तर २ मेगापिक्सेलको छ।

नेट हेर्दाहेर्दै भिडियो पनि
कसैलाई इमेल गर्दागर्दै वा नागरिकन्युज डट कममा शुक्रबारका लेखहरु पढ्दापढ्दै पनि तपाईँ आफूलाई मन पर्ने भिडियो पप अप प्लेमा बजाइरहन सक्नुहुन्छ। त्यसैगरी यसका फाइलहरु ३०० मेगाबिट्स प्रति सेकेन्डसम्मको गतिमा ट्रान्सफर गर्न एसबीमको पनि यसमा प्रयोग गरिएको छ।

तपाइँ नभई खुल्दैन
सामसुङको यो नयाँ मोबाइलमा आइस क्रिम स्यान्डविच नामको एन्ड्रोइडको पछिल्लो अपरेटिङ सिस्टमको प्रयोग गरिएको छ। अनि त्यसको एउटा नयाँ विशेषता फेस अनलक पनि यसमा छ। अर्थात् यो फोनलाई अनलक गर्न तपाइँको अनुहार र तपाइँको आवाज नभई हुन्न।

प्रकाशित: २८ वैशाख २०६९ ०२:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App