१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रविधि

गृह मन्त्रालयको एसएमएस सेवा ह्याक

गृह मन्त्रालयको सर्ट म्यासेज सर्भिस (एसएमएस) सेवा ह्याक भएको छ । बुधबार दिउँसो ह्याकरहरुको समूहले अनधिकृत तवरले ह्याक गरी उक्त म्यासेज सर्भिसबाट गलत सुचना पठाइएको थियो । 

उक्त विषयमा गृहले बुधबार विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकषर्ण भएको जनाएको छ । गृहले यो विषय पूर्ण गलत रहेको स्पष्ट पारेको छ । बुधबार केही व्यक्तिको मोबाइलमा उक्त एसएमएस सर्भिसबाट म्यासेज पठाइएको थियो । म्यासेजमा चीन र भारतको सीमा विवादको विषय उठाउँदै भारतको पक्षमा ठाडो अभिव्यक्ति लेखिएको थियो ।

छिमेकी मुलुकबीच भएको गम्भीर सीमा विषयलाई नकारात्मक तवरले म्यासेजमा पठाएकाले उक्त घटनामा अनुसन्धान भइरहेको गृहका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए । उनका अनुसार साइट कहाँ र कसरी ह्याक भयो भन्ने बारेमा प्रहरीले अनुसन्धान थालेको छ । ‘यो कुनै गिरोहले गरेको हुनुपर्छ, यसमा हाम्रो गम्भीर ध्यानाकषर्ण भएको छ,’ उनले भने । 

उक्त घटना साइबर अपराधसँग सम्बन्धित भएकाले साइबर व्युरोलाई अनुसन्धान गर्न गृहले निर्देशन दिएको छ । यसरी सरकारी कार्यालयको साइट तथा म्यासेज सर्भिस सेन्टरलाई ह्याक गरी गलत सुचना आदानप्रदान हुनु गम्भीर विषय रहेको भन्दै गृहले उक्त कार्यमा संलग्नमाथि कडा कारबाही गरिने जनाएको छ ।

प्रकाशित: ३ असार २०७७ १४:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App