६ वैशाख २०८१ बिहीबार
प्रविधि

वेबसाइट ह्याक हुने क्रम रोकिएन

इन्डियन ह्याकरहरूको समूहले नेपालका सरकारी तथा सार्वजनिक निकायका महŒवपूर्ण वेबसाइट ह्याक गर्ने कार्यलाई आइतबार पनि निरन्तर दिएका छन् । 

नेपालको राष्ट्रिय पुस्तकालयको वेबसाइट र बोटानिकल सेन्टर बाँकेको वेबसाइट ह्याक गरेका इन्डियन ह्याकरले आइतबार नेपाल नागरिक उड्डयन प्राधिकरणको वेबसाइट ह्याक गरेका हुन् । नागरिक उड्डयन प्राधिकरणको वेबसाइट ह्याक गर्दै भारतको झन्डा राखेका छन् । 

प्राधिकरणले आइतबार दिनभर भारतको ह्याकरको कब्जामा रहेको वेबसाइट नियन्त्रणमा ल्याए पनि फेरि इन्डियन ह्याकरको नियन्त्रणमा पुगेको छ । घोस्ट ०५७—५ पि३सी ७०६ नामको ह्याकरले प्राधिकरणको वेबसाइट ह्याक गरेको हो । 

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरलले भारतीय ह्याकरको कब्जामा प्राधिकरणको बेवसाइट गएको बताए । उनले ह्याकरको पहुँचबाट फुत्काउने प्रयास भइरहेको पनि बताए । 

नेपालमा साइबर सुरक्षाको अवस्था कमजोर रहेकाले विभिन्न सरकारी निकायमा भएका विवरणहरू ह्याक हुन सक्ने सम्भावना बढेर गएको साइबर सुरक्षाका विज्ञहरूले चिन्ता व्यक्त गर्दै आएका छन् । अहिले सरकारी तथा सार्वजनिक निकायको वेबसाइटहरू भारतीय ह्याकरले निरन्तर ह्याक गर्न थालेपछि नेपालको साइबर सुरक्षामा झन् चुनौती थपिएको छ । 

ह्याकरहरूले निर्वाचन आयोग, आन्तरिक राजस्व विभाग, राष्ट्रिय परिचय–पत्र, अध्यागमन विभाग तथा विभिन्न बैंकलगायत संस्थाहरूसँग रहेको डाटाबेस ह्याक हुने र ह्याक गरेर महत्वपूर्ण विवरण लिन सक्ने सम्भावना रहे पनि ती निकायले साइबर सुरक्षामा खासै ध्यान दिएको देखिँदैन । ह्याकरहरूले ती निकायसँग भएको विवरण ह्याक गर्ने चेतावनी दिइसकेको छ ।

इन्डियन ह्याकरहरूले सरकारी निकायसँग डाटाबेस तथा कम्प्युटर प्रणालीमा अनधिकृत पहुँच प्राप्त गरी सूचना सार्वजनिक गरिदिन थालेका छन् । इन्डियन ह्याकरहरूले डाटाबेस तथा कम्प्युटर प्रणालीमा अनधिकृत पहुँच प्राप्त गरी सूचना हेरफेर गर्ने तथा मेटाउनेसम्म धम्की दिन थालेका छन् । ह्याकरहरूको सक्रियता बढेसँगै डाटाबेस तथा कम्प्युटर प्रणालीमा अनधिकृत पहुँच प्राप्त गरी सो सूचना बिक्री गर्न सक्ने र डाटा दुरूपयोग हुन सक्ने अवस्था आएको आइटी विज्ञहरूको भनाइ छ ।

प्रकाशित: १२ जेष्ठ २०७७ ०१:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App