एसटीडी अर्थात् सेक्सुअल्ली ट्रान्समिटेड डिजिजको परीक्षणका लागि उनीहरुले मोबाइलमा राख्न मिल्ने 'चिप' बनाउँदैछन्। यस्तो 'चिप'ले मानिसको र्याल वा पिसाबबाट एक मिनेटमै यौनसम्वन्धी विभिन्न रोगहरुको परीक्षण गर्ने र त्यसको जानकारी दिनेछ। अनि उपचारको लागि सुझाव दिने र उपचारका लागि चिकित्सक कहाँ जाने सल्लाह समेत दिनेछ।
यो 'प्रोजेक्ट'लाई उनीहरुले इएसटीआई (इलेक्ट्रिक सेल्फ टेस्टिङ इन्ट्रुमेन्ट) नामाकरण गरेका छन्। यसका लागि बेलायतको मेडिकल काउन्सिल र क्लिनिकल रिसर्चले ६४ लाख डलरको कोष स्थापना गरेका छन्। यसको अनुसन्धानको नेतृत्व वैज्ञानिक तारिक सिद्धिकले गरेका छन्। उनी युनिभर्सिटी अफ लन्डनका प्राध्यापक हुन्।
'अहिले तपाँईले यस्तो परीक्षण गर्ने हो भने ल्याबमा पठाउनुपर्छ र केही दिन त्यसको रिपोर्ट कुर्नुपर्छ,' सिद्धिकले भने, 'अनुमान गर्नुस कुनै लामो प्रतीक्षा बिना नै तपाइँले आफ्नै अवस्था थाहा पाउन सक्नु कति महत्वपूर्ण छ।'
यस्तो परीक्षणले यौनको विषयमा खुल्न नचाहनेका लागि सबैभन्दा लाभ दिने उनीहरुको अपेक्षा छ। एउटा चिप्स १ डलर भन्दा कम रकममा तयार पार्ने उनीहरुको लक्ष्य छ। -एजेन्सी
प्रकाशित: २४ कार्तिक २०६७ ०८:५२ बुधबार





