१ पुस २०८२ मंगलबार
image/svg+xml
प्रविधि

बेलायतकी महारानी फेसबुक सञ्जालमा

लन्डन, कात्तिक २१ - फेसबुक प्रयोग गर्ने पछिल्लो सेलिब्रेटी बनेकी छिन बेलायतकी महारानी एलिजावेथ। बीबीसीका अनुसार ब्रिटिस मोनार्की पेज संचालनसँगै उनको फेसबुक जेनेरेसनमा प्रवेश भएको हो। मोनार्की पेज व्यक्तिगत प्रोफाइल पेज हो जसमा भिजिटरले गएर लाइक गर्न सक्छन र त्यहाँका अपडेटेड समाचार न्युजफिडका रुपमा लिन सक्छन्। यसमा हरेक दिनमा राजपरिवाका गतिविधिहरु अपडेट हुने गर्छ। राजपरिवारको संलग्नताहरु र अन्य गतिविधिहरु यसमा समेटिन्छन्।
आफ्ना नतिहरुसँग इमेलगर्ने क्रममा एलिजावेथ इन्टरनेटसँग जोडिन पुगेकी हुन्। उनको फेसबुक पेजले गत वर्ष खोलिएको फ्लिकर एकाउन्टलाई फलो गरेको छ।

प्रकाशित: २१ कार्तिक २०६७ ०५:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App