१ पुस २०८२ मंगलबार
image/svg+xml
प्रविधि

फेसबुकबाट आफ्ना सामाग्री कसरी डाउनलोड गर्ने?

फेसबुकले आफ्ना प्रयोगकर्ताहरुलाई आफूले अपलोड गरेका सामाग्री डाउनलोड गर्ने सुविधा हालै दिएको छ। यसमा तपाईँले गर्नुभएका पोस्टहरु, आफ्नो बारेमा जानकारीहरु, तपाईँले राख्‍नुभएका फोटो र भिडियोहरु पनि समावेश हुन्छन्।
  यी सब जानकारी फेसबुकले तपाईँलाई एउटा जिप फाइलमा राखेर डाउनलोडका लागि उपलब्ध गराउँछ।

जो पायो उहीले तपाईँको खाता खोलेको बेला जानकारीहरु डाउनलोड नगरुन् भनेर फेसबुकले सुरक्षा अपनाएको छ। यी जानकारी डाउनलोड गर्न तपाईँसित आफ्नो परिचय भेरिफाइ गर्न लगाइन्छ।

त्यसपछि तपाईँको सामाग्री डाउनलोड गर्न तपाईँको इमेलमा पठाइन्छ।

डाउनलोड गर्न के गर्नुपर्छ त ? सुरुमा फेसबुकको दायाँ छेउमा भएको एकाउन्टमा क्लिक गरी एकाउन्ट सेटिङ्ग्स रोज्नुपर्छ। त्यसपछि खुल्ने पेजको सबैभन्दा मुनि डाउनलोड योर इन्फरमेसनको लिङ्क हुन्छ। त्यसको नजिकै रहेको लर्न मोरमा क्लिक गरेपछि तपाईँले आफ्नो जानकारी डाउनलोड गर्ने प्रक्रिया थाल्न सक्नुहुन्छ।  (एजेन्सी)

प्रकाशित: १४ कार्तिक २०६७ ०२:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App