coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रविधि

एक मिनेटमा के हुन्छ ?

काठमाडौं- एक मिनेटमा विश्वमा के के हुन सक्छ? विश्वमा डिजिटलाइज भएसँगै अधिकाशं मानिस वर्ड वाइड बेभमार्फत विश्वसँगै एकाकार भई रहेका छन् यो क्रममा विश्वभरका मानिसले एक मिनेटमा डिजिटल माध्यमा के के गर्छन् भन्ने कुरा हामीलाई थाहा नहुन पनि सक्छ।

विश्व डिजिटलाइज भएसँग सन् २०१७ र २०१८ बीचमा नै मानिसको डिजिटलाइज समाग्रीको प्रयोगमा व्यापक बढोत्री भएको पाइएको छ।। वर्ड वाइड वेभले प्रकाशन गरेको एक सूचनालाई आधार मान्ने हो भने सन् २०१७ मा ९ लाख मानिसले प्रतिमिनेट फेसबुक खोल्थे भने एक वर्षको अवधिमा यो बढेर ९ लाख ७३ हजार पुगेको छ। यस्तै सन् २०१७ मा ३ दशमलभ ५ मिलियन मानिसले प्रति मिनेट गुगल प्रयोग गर्थे भने  एक वर्षको अवधिमा यो बढेर ३ दशमलगत  ७ पुगेको बताइएको छ।

यस्तै विगत एक वर्षको अवधिमा समाजिक सञ्जाल ट्वीटर  प्रयोगकर्ता प्रति मिनेट २९ हजारले वृद्धि भएको छन्। सन् २०१७ मा ४ लाख ५२ हजार प्रयोगकर्ता रहेको ट्वीटरको सन् २०१८ मा ४ लाख ८१ हजार प्रयोगकर्ताले एक मिनेटमा प्रयोग गरेको पाइएको हो। यस्तै एक मिनेटमा युट्युव प्रयोग गर्ने मानिसमा पनि निकै वृद्धि भएको छ। सन् २०१७ मा करिब ४ दशमलभ १ मिलियन मानिसले एक मिनेटमा युटुव खोल्थे भने गएको वर्षको तथ्याङक अनुसार यो बढेर ४ दशमलव ३ मिलियन पुगेको थियो।

यस्तै गत वर्षको तथ्याडक अनुसार मानिसले एक मिनेटमा करिब १ सय ८७ मिलियन इमेल गरेका छन् यो आंकडा सन् २०१७ मा १ सय ५६ मिलियन रहेको थियो।

 

 

प्रकाशित: २८ फाल्गुन २०७५ १२:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App