३० पुस २०८२ बुधबार
image/svg+xml
प्रविधि

तारवाला फोन रिचार्ज गर्न मिल्ने

काठमाडौं, साउन ८ (नागरिक) - स्मार्ट टेलिकमले फिक्स लाइन टेलिफोनको महसुल प्रिपेड मोबाइलको जस्तै गरि रिचार्ज गर्न सक्नेगरी बिलिङ सिस्टममा सुधार गरेको छ।
स्मार्टले फिक्स लाइन टेलिफोनमा चल्ने गरि पचास, १ सय, २ सय र ५ सय रुपैयाँका प्रिपेड कार्ड सुरु गरेको हो। 'दुर्गम ठाउँमा मानिसहरु महसुल तिर्न बैंक र हाम्रो काउन्टरसम्म पुग्नुपर्ने समस्यालाई हटाउन प्रिपेड कार्ड सुरु गरेका हौं,' स्मार्टका प्रमुख कार्यकारी अधिकृत सुवास बज्राचार्यले भने।

स्मार्टले भिस्याट प्रविधिबाट देशका दुर्गम जिल्लाहरुमा टेलिफोन चलाइरहेको छ। गत मंसिरबाट टेलिफोन सेवा सुरु गरेको स्मार्टले अहिलेसम्म पाँचसय लाइन टेलिफोन वितरण गरिसकेको छ। दुईसाता अघिदेखि यसले जिएसएम प्रविधिमा मोबाइल टेलिफोन सुरु गरेको छ।

'मासिक रुपमा महसुल तिर्न काउन्टरमै आउनुपर्दा ग्राहकको समय लाग्ने र अनावश्यक खर्च समेत हुने देखिएकोले प्रिपेड कार्ड ल्याएका हौं,' बज्राचार्यले भने। ४२४४ नम्बरमा डायल गरेर फिक्स लाइनको फोनमा रिचार्ज गर्न सक्ने प्रविधि ल्याएको हो।

 

प्रकाशित: ७ श्रावण २०६७ २१:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App