सामाजिक सञ्जाल प्लेटफर्म एक्स झण्डै आधा घण्टा अवरुद्ध भएर पुनः सुचारु भएको छ। आज दिउँसो साढे तीन बजेदेखि विश्वभर नै ट्विटरका नामले चर्चित एक्समा समस्या देखिएको थियो।
अर्बपति एलन मस्कले खरिद गरेपछि नाम परिवर्तन गरेका थिए। एप र वेबसाइटमा प्रयोगकर्ताले पहुँच पाउन सकिरहेका थिएनन्।
यो समस्या विश्वभरि नै देखिएको थियो। इन्टरनेट सेवाहरूको सञ्चालनबारे जानकारी दिने प्लेटफर्म डाउनडिटेक्टरले पनि विश्वभर समस्या देखिएको बताएको थियो। समस्या किन भयो भन्ने कारण खुल्न सकेको छैन।
प्रकाशित: २६ फाल्गुन २०८१ १६:१४ सोमबार