८ वैशाख २०८१ शनिबार
प्रविधि

परीक्षण उडानका क्रममा विस्फोट भयो एलन मस्कको 'स्टारशिप' रकेट

अमेरिकी डलर अर्बपति एलन मस्कको कम्पनी स्पेस एक्सले बनाएको स्टारशिप रकेट परीक्षण उडानको क्रममा विष्फोट भएको छ। एलोन मस्कको स्पेसएक्स कम्पनीको महात्वाकांक्षी विशाल रकेट, ुस्टारशिपु, आफ्नो पहिलो उडानमा विस्फोट भएको हो।

स्थानीय समय अनुसार बिहीबार बिहान टेक्सासको पूर्वी तटबाट भएको परीक्षणमा उडेको केही मिनेटमा नै विस्फोट भएको बीबीसीले जनाएको छ। उडेको तीन मिनेटपछि नै स्टारशिप रकेटको क्याप्सुलको फस्ट स्टेज रकेट बुस्टरबाट अलग हुनुपर्नेमा भएको थिएन। त्यसपछि रकेट बिस्फोट भएको थियो।  

यो मस्को एकदमै महात्वाकांक्षी परियोजना थियो। यो यान अन्तरीक्ष यात्रीहरुलाई चन्द्रमा, मंगल ग्रह र अरु यस्तै प्रकारका लामो अन्तरीक्ष अभियानमा लैजाने उद्देश्यले बनाइएको थियो। मस्कको कम्पनीले  केहि महिनामा पुनः प्रयास गर्ने बताएको छ।  

प्रकाशित: ८ वैशाख २०८० ०२:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App