२४ वैशाख २०८१ सोमबार
image/svg+xml
प्रविधि

कर्पोरेट फोनमा टिकटक चलाउन बन्देज

युरोपियन युनियन कमिसनले साइबर सुरक्षाको कारण बताउँदै आफ्ना कर्मचारीको कर्पोरेट फोनमा टिकटक चलाउन बन्देज लगाएको छ। कमिसनका उद्योग प्रमुख थेरी ब्रेटनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन्। चिनियाँ भिडियो सेयरिङ एप टिकटकका कारण कुनै घटना घटेको हो भन्ने प्रश्नमा उनले थप विवरण दिन ब्रेटनले अस्वीकार गरे।  

‘साइबर सुरक्षा बढाउन कमिसनको कर्पोरेट म्यानेजमेन्ट बोर्डले आफ्नो करपोरेट उपकरण तथा व्यक्तिगत डिभाइसहरुमा टिकटक हेर्न प्रतिबन्ध लगाएको छ, ’ युरोपियन युनियनले एक वक्तव्यमा भनेकोछ।  

कमिसनको कर्पोरेट  इन्भाइरोमेन्टमा साइबर आक्रमण हुनसक्ने भएकाले यसो गरिएको युनियनले जनाएको छ । उता, टिकटकले कमिसनको यो निर्णयप्रति आपत्ति जनाएको छ।

‘हामीले कमिसनसँग सम्पर्क गरेका छौं र कसरी युरोपियन युनियनका १२ करोड ५० लाख सर्वसाधारण टिकटक प्रयोगकर्ताको तथ्यांकलाई सुरक्षा गरेका छाैं भन्ने विषयलाई प्रष्ट पारेका छाैं,’ टिकटकका एक प्रवक्ताले बताए। युरोपियन युनियन कमिसनले अन्य सामाजिक सञ्जाललाई निरन्तर अनुगमन भइरहेको जनाएको छ। 

प्रकाशित: १२ फाल्गुन २०७९ ०१:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App