६ वैशाख २०८१ बिहीबार
प्रविधि

पोल भाडा समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीसंग व्यवसायीहरुको माग

फाइल तस्बिर

केबुल टेलिभिजन व्यवसायीहरुले नेपाल विद्युत प्राधिकरणसँग भइरहेको पोल भाडा सम्बन्धी समस्या तत्काल समाधान गर्न माग गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्रीको ध्यानाकर्षण गराएका छन्।

मंगलबार केबुल टेलिभिजन व्यवसायीहरुले आफ्ना विभिन्न समस्याहरुको समाधान तत्काल गर्नुपर्ने भन्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको ध्यानाकर्षण गराएका हुन्।

केबुल टेलिभिजन व्यवसायीहरुसँगको भेटपछि बोल्दै सञ्चारमन्त्री शर्माले अन्तर मन्त्रालयलाई समन्वय गर्ने संरचना नहुँदा यी समस्याहरु बढ्दै गइरहेको बताइन्। उनले आफू मन्त्रालयमा नयाँ भएको यसको बारेमा पूर्ण जानकारी लिएर मात्रै काम अघि बढाउने बताइन्।

त्यस्तै नेपाल केबल टेलिभिजन व्यवसायी महासंघका अध्यक्ष ध्रुव शर्माले मन्त्रालयबाट एन्ड्रोइड सेटअप बक्स ल्याउन दिएर सबै चिजहरु आईपीटिभीलाई फ्रिमा दिएर व्यापार नै धराशायी भएको बताए। उनले केबल व्यवसायीहरुले केबलको क्षेत्रमा दखिएका समस्याहरुको तत्काल समाधान र प्रशारणको क्षेत्रमा भइरहेका गैरकानूनी प्रशारणहरु तत्काल बन्द गरी÷गराइ नेपाल राज्यले अति आवश्यकीय सेवाको रुपमा अंगीकार गरेको केबल टेलिभिजन सेवा नियमित रुपमा प्रवाह गर्ने वातावरण सिर्जना गर्न आग्रह गरे।

उनले हाल पोल भाडाको विषयलाई लिएर देशका विभिन्न स्थानहरुमा केबल व्यवसायीको केबलको तार काट्ने, केबल उपकरण जफत गर्ने, विद्युत आपूर्ति बन्द गर्ने जस्ता नेपाल विद्युत प्राधिकरणबाट भइरहेको गैरकानूनी कार्य तत्काल रोक लगाउन पनि माग गरे। 

प्रकाशित: १० माघ २०७९ ०९:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App