१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रविधि

ट्विटरको कार्यकारी प्रमुखबाट राजीनामा दिने इलोन मस्कको घोषणा

इलोन मस्कले ट्विटरको कार्यकारी प्रमुखको पदबाट राजीनामा दिने घोषणा गरेका छन्। उनले ट्वीट गरेर सकेसम्म छिटो रानीनामा दिने बताएका हुन्।

यसअघि उनले ट्वीटर प्रमुखको भूमिकाबाट अलग हुँदा ठिक होला कि नहुँदा ठिक होला भनेर एउटा सर्वेक्षण गरेका थिए। र त्यसको नतिजाको पालना गर्ने पनि बताएका थिए।

सर्वेक्षणमा ५७.५ प्रतिशत प्रयोगकर्ताले उनलाई पद छाड्न भनेर मत दिएका थिए भने ४२.५ प्रतिशतले पद नछाड्नमा मत दिएका थिए।

पद छाड्नपर्छ भन्नेमा धेरै मत परेपछि उनले ट्वीट गरेर कार्यकारी प्रमुखबाट राजीनामा दिने बताएका हुन्।

प्रकाशित: ६ पुस २०७९ ०३:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App