६ वैशाख २०८१ बिहीबार
प्रविधि

विकिपीडियामा कति विश्वास गर्नुहुन्छ?

अनलाइनमा कुनै जानकारी चाहिएमा हामी विकिपीडियालाई सम्झिहाल्छौं। र त्यहाँ गएर आफूलाई चाहिने सूचना खोज्छौं। तर विकिपीडियामा हुने जानकारीलाई पूर्णरुपमा भने विश्वास गर्न सकिँदैन। किन भने विकिपीडिया पेजलाई जसले पनि सम्पादन गरेर जनकारी राखिदिन सक्छ। यदि तपाई कुनै महत्वपूर्ण कामको लागि जनकारी खोजिरहनु भएको छ भने विकिपीडियामा निर्भर पर्नु गलत हुन सक्छ। तर सबै विषयमा भने यस्तो भन्न पनि सकिँदैन।

विकिपीडिया पेजमा हिरियो रंङमा क्रस देखिन्छ भने त्यो पेजमा भएको जानकारीलाई बढी विश्वास गर्न सकिन्छ। विश्वसनीय ठाउँबाट लिएर राखिएको जानकारीको पेजमा यस्तो क्रस राख्ने गरिन्छ। विकिपीडियाको स्टार संकेत रहेको पेज पनि छ। यसलाई विकिपीडियाको सबैभन्दा विश्वसनीय पेज मानिने गर्छ।

यसको सम्पादन गर्न निकै समय लाग्ने गर्छ। आम पेज र यो पेज पढ्दा तपाई आफै फरक पाउनु हुनेछ। विकिपीडियामा संसारभरका २९३ भाषामा जानकारीको लागि इनसाक्लोपीडिया तयार पारिएको छ। यो संसारको सबैभन्दा ठूलो इनसाक्लोपीडिया हो। तपाई नेपालीमा पनि विकिपीडियामा खोज्न सक्नुहुन्छ।

प्रकाशित: १४ जेष्ठ २०७३ ०४:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App