सामसङ इन्टरनेट ४.० पहिला एन्ड्रोइडको मार्समालो भर्सन वा त्यसपछिका अपरेटिङ सिस्टम मात्र डाउनलोड हुन्थ्यो। अब हरेक प्रकारका सामसङ डिभाइसमा यो डाउनलोड हुन सक्ने बताइएको छ।
यदि तपाइँ क्रोम, फायरफक्स जस्ता ब्राउजरको प्रयोग गरिरहनु भएको छैन भने यो ब्राउजर तपाइँका लागि उपयुक्त हुन सक्छ। केही महिना अघि एप्पलले नयाँ अपरेटिङ सिस्टम आइओएस ९ लञ्च गर्ने समयमा प्रयोगकर्तालाई विज्ञापन रोक्ने सुविधाको दिएको थियो। त्यो कुराले स्मार्टफोन प्रयोगकर्ताबीच निकै चर्चा पाएको थियो। सामसङको इन्टरनेट ४.० ले विज्ञापन रोक्ने त्यही आइडियालाई ब्राउजरबाट प्रयोग गर्ने प्रयास गरेको छ।
विज्ञापन ब्लक गर्ने अलवा यो सामसङ इन्टरनेट ४.४ तपाइँलाई प्राइभेट ब्राउजिङको सुविधा पनि दिन्छ जसरी तपाइँले डेस्कटप तथा ल्यापटपमा यस्तो सुविधा पाउनुहुन्छ।
इन्टरनेट ४.० ले तपाइँको ब्राउजिङ बानीलाई विज्ञापन देखाउने अनलाइन कम्पनीका आँखाबाट जोगाएर राख्छ। यसका अलवाला ब्राउजिङ गर्ने समय सामसङको सेक्युरिटी नक्सालाई पनि फाइदा पुग्नेछ।
सामसङको यो ब्राउजर अहिलेका डिभाइसमा मात्र काम गर्न सक्छ किन कि यसका लागि फिङ्गर प्रिन्ट सिक्युरिटी सिस्टम आवश्यक छ। यो विशेषताका कारण प्रयोगकर्तालाई इन्स्टल गर्ने समयमा केही गाह्रो पनि हुनसक्छ।
गुगलले सर्चले यस्तो सफ्टवेरलाई एन्ड्रोइड डिभाइसमा देखाउन चाहँदैन। किनभने अनलाइन विज्ञापन तथा सर्चबाट गुगलको मोटो कमाइ गरिरहेको छ। यदि अब गुगगलले स्मार्टफोन ग्राहकलाई ट्रयाक नगर्ने हो भने सामसङको यो ब्राउजरका कारण गुगलले ठूलो कमाइ गुमाउने खतरा छ।
प्रकाशित: २५ चैत्र २०७२ ०५:०८ बिहीबार





