हिजाेअाज प्रत्येक डिभाइसमा एक्सर्टनल मेमेरी कार्ड थप्ने सुविधा हुन्छ। स्मार्टफोन, ट्याब्लेट, म्युजिक प्लेयर, डिजिटल क्यामेरा, ल्यापटप सबै किसिमका डिजिटल डिभाइसलाई यस्ता कार्डहरुले क्षमता बढाउने सुविधा दिइरहेका छन्।
यस्ता एसडी कार्ड किन्नुभन्दा अगाडि ध्यान दिन जरुरी छ। सबै डिभाइसलाई अलग अलग किसिमका एसडीकार्ड हुने गर्छन्। तिनको स्पिड तथा स्टोरेज क्षमता पनि फरक हुनेगर्छ। त्यसैले पहिलो यो कुरा निश्चित गर्न अावश्यक छ कि तपाइँलाई कुन डिभाइसका लागि कार्ड चाहिएको हो? त्यसपछि मेमोरी कार्ड खरिद गर्न जानु उपयुक्त हुनेछ।व्यवसायिक फोटोग्राफरलाई ज्यादा स्पिड भएको एसडी कार्ड आवश्यक पर्दछ। फोटोग्राफीमा सौखिनहरुका लागि अरु नै आवश्यक पर्छ। एसडी कार्ड स्पिडलाई २, ४, ८ र १० अंक राखेर मापन गरिन्छ। स्पिड ४ भएको एसडी कार्ड फोटोग्राफीमा सौखिनहरुका लागि ठिकै हुनेगर्छ। व्यवसायिक फोटोग्राफरलाई अल्ट्रा हाइस्पिड जरुरत हुनेगर्छ। यो कार्ड सबै डिभाइसमा सपोर्ट गर्दैन। उनीहरुको क्यामेराले १० अंक भएको एसडी कार्ड सपोर्ट गर्ने हुन्छ। त्यसैगरी आफ्नो आवश्यकताअनुसारको एसडी कार्डको पहिचान गर्न सक्दा त्यसले तपाइँको कामलाई चुस्त बनाउन सहयोग पुर्याउनेछ।
कुनै एक प्रकारको एसडी कार्ड दोस्रो किसिमको स्लडमा सपोर्ट गर्दैन। यस्ता कार्ड तपाइँ ल्यापटप तथा स्मार्टफोनमा प्रयोग गर्न सक्नुहुन्छ। माइक्रो तथा मिनी एसडी कार्ड प्रयोग गर्ने एडप्टर पनि बजारमा पाइन्छ। कार्डलाई प्रयोगमा ल्याउन यस्तो एडप्टर निकै सहयोगी हुनेगर्छ।
मेमोरी कार्ड माइक्रो, मिनी, मिडियम तथा स्ट्यान्र्डड साइजमा आउनेगर्छ। कुनै एक किसिमको एसडी कार्ड अर्को किसिमको स्लडमा जान गाह्रो हुन्छ। यसलाई तपाइँ आफ्नो ल्यापटपदेखि स्मार्टफोनमा प्रयोग गर्न सक्नुहुन्छ। माइक्रो तथा मिनी एसडी कार्डको एडप्टर पनि बजारमा पाइन्छ। क्यामेरा तथा अन्य डिभाइसका लागि यस्तो एडप्टर प्रयोग गर्न सकिन्छ।
स्ट्यान्डर्ड एसडी कार्डको स्टोरेज १ देखि ४ गिगाबाइटको हुनेगर्छ। दैनिक प्रयोगका लागि एसडीएजसी नामको कार्डमा २ देखि ३२ गिगाबाइट स्टोरेज मिल्नेछ। भर्खरै बजारमा आएको एसडी एक्ससी कार्डमा ३२ गीगाबाइटदेखि २ टेगाबाइटसम्मको स्टोरेज क्षमता रहेको छ।
प्रकाशित: ३ चैत्र २०७२ ०३:२६ बुधबार





