मान्छे नै बोक्न मिल्ने यो ड्रोन विश्वमा पहिलो भएको कम्पनीको दाबी छ। कम्पनीले युट्युबमा सार्वजनिक गरेको भिडियोमा उक्त ड्रोन सानो हेलिकप्टरजस्तै देखिन्छ। ५ फिट अग्लो र झन्डै २ सय किलोग्राम तौल भएको यो ड्रोनमा चार्ज गरिएको ब्याट्रीले २३ मिनेटको उडान भर्न सक्छ। ६२ माइल प्रतिघण्टाको गतिमा ड्रोनले उडान गर्छ। ब्याट्री फुल चार्ज गर्न २ देखि ४ घण्टासम्म लाग्छ।
यात्रुले स्क्रिनमा देखिएको नक्सा थिचेर गन्तव्य यकिन गर्न सक्छन् । त्यसपछि ड्रोन उडेर आफैँ त्यो ठाउँमा पुग्छ र अवतरण हुन्छ । हेलिकोप्टरजस्तै भर्टिकल शैलीमा उडान र अवतरण गर्छ । ककपिटको पछाडि एउटा सानो ट्यांकी राखिएको छ, जसमा यात्रुले आफ्नो ब्याकप्याक वा लगेज राख्न सक्छन् । यसमा एअर कन्डिसन र स्क्रिन पढ्न मिल्ने हलुका प्रकाश हुन्छ । उड्ने बेलामा यात्रुले दुईवटामात्र कमान्ड दिए पुग्छ– टेक अफ र ल्यान्ड । यो पनि त्यहाँ रहेको ट्याब्लेटमा एक क्लिक गरे पुग्छ ।
भिडियाे
३०० मिटरदेखि ५०० मिटरसम्म उड्न मिल्ने गरी डिजाइन गरिएको यो ड्रोन जमिनबाट ३.५ किलोमिटर अल्टिच्युडमा पुग्न सक्छ । यसको अधिकतम गति १०० किलोमिटर प्रतिघण्टा रहेको जनाइएको छ ।
ड्रोन उत्पादन गर्ने चिनिया इहाङ कम्पनीले दुई वर्ष लामो अनुसन्धानबाट यो ड्रोन तयार पारेको जनाएको छ । कन्जुमर इलेक्ट्रोनिक सोमा प्रर्दशनमा राखिएको ड्रोन नमूनामात्र नभई बजारमा ल्याउन मिल्ने फाइनल प्रोडक्ट भएको कम्पनीले जनाएको छ । यसअघि नै सयजना मानिसले यसमा बसेर सफलतापूर्वक परीक्षण उडान गरिसकेका छन् ।
प्रकाशित: ३ माघ २०७२ ०४:४६ आइतबार





-600x400.jpg)