लमजुङको मर्स्याङ्दीमा जिप दुर्घटना: एकको मृत्यु, ७ जना घाइते
लमजुङको मर्स्याङ्दी गाउँपालिका-९ मिर्चेस्थित भित्री सडकखण्डमा बुधबार बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्।
लमजुङको मर्स्याङ्दी गाउँपालिका-९ मिर्चेस्थित भित्री सडकखण्डमा बुधबार बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्।
राजपाल यादव बलिउडका सबैभन्दा प्रतिभाशाली र हास्य कलाकारहरू मध्ये एक हुन्। उनले चलचित्रहरूमा सहायक र क्यारेक्टर भूमिकामा पनि आफ्नो अलग पहिचान बनाएका छन्।
कर्णाली प्रदेश संयोजक सु–प्रिय राजलक्ष्मी शाहीले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरूसँग खुला अन्तरसंवाद गर्न कार्यक्रम आयोजना गरिएको जानकारी दिइन्।
साहित्यकार जितेन्द्र रसिकको अठाराैं कृति ‘साइबोर्ग’ बालउपन्यास सार्वजनिक भएको छ।
पार्टी अध्यक्ष राजेन्द्र महतो सहितका केन्द्रीय सदस्यहरूको उपस्थितिमा सार्वजनिक गरिएको घोषणापत्रमा आगामी १० वर्षभित्र नेपालको हालको करिब ४२ अर्ब डलरको जिडिपीलाई ५०० अरब डलर पुर्याउने लक्ष्य राखिएको छ ।
प्रधानमन्त्री कार्कीले नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने अत्यावश्यक सेवाहरूलाई सरल, शीघ्र र सुलभ बनाउन सरकार संवेदनशील रहेको बताइन्। ‘नागरिकता, राहदानी, सवारी चालक अनुमति पत्रलगायतका सार्वजनिक सेवा सरल, शीघ्र र सुलभ ढंगले प्रदान गर्न सरकार संवेदनशील भई लागिपरेको छ’, उनले भनिन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले मुलुकको शासन–प्रशासनमा विचौलियाको प्रभाव बढ्दै गएकामा चिन्ता व्यक्त गरेका छन्।
कार्यक्रम अन्तर्गत इन्टरनेट सुरक्षासम्बन्धी हाते पुस्तक पनि तयार पारिएको छ । ती पुस्तक कार्यक्रम सत्र पश्चात् सम्बन्धित विद्यालयका सहभागी छात्र, छात्राहरूलाई वितरण गरिनेछ ।
गत आवको छ महिनामा भने ५८८ रेल्वे र्याकमार्फत वस्तु तथा सामान भित्रिएको थियो। वीरगञ्जको सुक्खा बन्दरगाहमा भारतको कोलकत्ता र हल्दिया पोर्ट र विशाखापटनम लगायतका बन्दरगाहबाट रेलमार्फत मालसमान ल्याउने गरिन्छ। एक पटकमा रेल्वे र्याकमार्फत ४० फुट क्षमताका ४५ कन्टेनरमा मालवस्तु ल्याउन सकिन्छ भने २० फुट क्षमताको भने ९० वटा कन्टेनरमा मालवस्तु ल्याउन सकिन्छ।
राष्ट्रपति रामचन्द्र पौडेलले अख्तियार दुरुपयोग कुनै सामान्य त्रुटि नभई राज्यको वैधानिकता र सामाजिक न्यायमाथिको गम्भीर चुनौती भएको बताएका छन्।
‘एआई’ प्रविधिद्वारा किसानलाई डिजिटल कृषि सल्लाह उपलब्ध गराउन कृषि तथा पशुपन्छी विकास मन्त्रालय,राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (एनएएएमपी) र कनेक्ट किसान प्रालिबीच सम्झदारीपत्रमा हस्ताक्षर गरिएको छ।
शव नेपाल ल्याउन भारत र नेपाल दुवै सरकारले चासो नदिएको पीडित परिवारको गुनासो थियो। अन्ततः मेघालय राजधानी सलोङस्थित भालुपारामा सोमबार राति अन्त्येष्टि गरिएको उनीहरूको मृतकका आफन्त प्रकाश खपांगी मगरलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
नेपालका कप्तान रोहित पौडेलले मंगलबार क्रिकेट शक्तिराष्ट्र भारत, इंग्ल्यान्ड र अस्ट्रेलियालाई आफ्नो देशमा टी–२० शृंखला खेल्न भ्रमण गर्न आह्वान गरेका छन्।
भारतीय तस्करको टोली र सशस्त्र प्रहरीबिच २०७७ जेठ ३१ मा सर्लाहीको नारायणपुर नाकामा झडप भएको थियो।
अन्य क्षेत्रमा जस्तै मिडियामा महिलाको पहुँच सुनिश्चित हुनुपर्ने बेइजिङ घोषणापत्रको ३० वर्षबितिसक्दा पनि नेपालका मिडियामा महिलाको पहुँच न्यून रहेको पाइएको छ।