१९ श्रावण २०८३ मंगलबार
image/svg+xml

काँचो स्याउ रोक्न पाँच बुँदे निर्णय (पत्रसहित)

जुम्ली स्याउको पहिचान आफ्नै प्रकारको छ। यहाँको स्याउ निकै स्वादिलो मानिन्छ। २०६४ मा औपचारिक रूपमा अर्ग्यानिक जिल्लाका रूपमा घोषणा भएपछि अझ स्याउको महत्त्व बढेको छ।

२५ वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सार्वजनिक यातायातको गुणस्तर सुधार, सडक सुरक्षामा अभिवृद्धि, वातावरणमैत्री प्रविधिको प्रयोग तथा डिजिटल प्रणालीको विस्तारलाई नीतिले जोड दिएको जानकारी दिए।

स्कुलबाट घर फर्किँदै गरेका बालकलाई बाढीले बगायो

बालक आहान खोल्मेस्थित मावलीघरमा बस्दै आएका थिए। आहानको घर दाङ भए पनि उनका बुबा वैदेशिक रोजगारीमा रहेकाले उनी आमासँग मावलीघरमा थिए।

करदाता प्रोत्साहन उपहार कार्यक्रममा बढ्दो आकर्षण : १५ दिनमा १० लाख बढी कारोबार योग्य

कार्यक्रमअन्तर्गत १०० रुपैयाँभन्दा बढीको वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता प्रोत्साहन कार्यक्रममा सहभागी हुन सक्नेछन्।

एकले अर्कालाई सत्रुको व्यवहार गर्दा बामपन्थी मतदाता टाढिएक: शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले कम्युनिष्ट आन्दोलनले इतिहासबाट आवश्यक शिक्षा लिन नसक्दा अहिले संकट र रक्षात्मक अवस्थामा पुगेको बताएका छन् ।

प्रचण्ड भन्छन्: सरकार विपन्न नागरिकविरुद्ध गयो, बाम एकता आवश्यक भयो

उनले कार्यगत एकतालाई पार्टी एकतासँग जोडेर अनावश्यक भ्रम फैलाइएको टिप्पणी गर्दै साझा एजेन्डामा सहकार्य हुँदैमा पार्टी एकता भइनहाल्ने स्पष्ट पारे।

साउने झरीको वास्ता नगरी पशुपतिनाथमा भक्तजनको घुइँचो

पहिलो र दोस्रो सोमबार साउन ४ र ११ गतेभन्दा आज पशुपति क्षेत्रमा थप सहज व्यवस्था गरिएको दर्शनार्थीले बताएका छन्। विगतका दुई हप्ता नभ्याएका साउने सोमबारका काम यस हप्ता भने पूरा गरिएको कोषले जनाएको छ।

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका गाँजाखेतीले पायो कानुनी मान्यता

प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेशसभाबाट पुनःपारित ‘औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेतीलाई नियमन तथा उपयोग गर्ने सम्बन्धमा बनेको विधेयक’ सोमबार प्रमाणीकरण गरेका हुन्।

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

कपिलवस्तुको कपिलवस्तु नगरपालिका-६ सिद्धिपुरमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।

कप्तानगञ्ज घटनामा न्यायिक छानबिन समिति गठन गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले सुनसरीको कप्तानगञ्ज घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक छानबिन समिति गठन गर्न सरकारसमक्ष प्रस्ताव गर्ने निर्णय गरेको छ।

गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक प्रमाणीकरण

गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेशसभाबाट पारित औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेतीलाई नियमन तथा उपयोग गर्ने सम्बन्धमा बनेको विधेयकलाई प्रमाणीकरण गरेका छन्।

उद्यमी-व्यवसायीको घर, कार्यस्थलमा छापा मार्ने काम गतिलो होइन : पूर्वअर्थमन्त्री खनाल

पूर्वअर्थमन्त्री रामेश्वर खनालले उद्योगी व्यवसायीको घर र कार्यस्थलमा छापा मार्ने काम सही नभएको बताएका छन्।

पूर्ण स्तनपानले शिशु र आमाको स्वास्थ्यमा हुन्छ बहुआयामिक लाभ

यस वर्ष ‘दीगो जीवनको स्वस्थ सुरुवात, प्रभावकारी स्तनपानका लागि हामी सबैको साथ’ भन्ने नाराका साथ विश्व स्तनपान सप्ताह मनाइँदै छ।

श्रमदानबाट साकेलाको अवरुद्ध सडक दुई दिनमै सञ्चालन

लगातारको वर्षापछि पहिरो र हिलोका कारण तीन दिनदेखि अवरुद्ध रहेको खोटाङको साकेला गाउँपालिका–१ हरेलोडाँडा–साप्सु खोला सडकखण्ड दुई दिनको सामूहिक श्रमदानपछि पुनः सञ्चालनमा आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्