१४ भाद्र २०८३ आइतबार
image/svg+xml

कृष्णभिरमा हिँड्न समेत नमिल्ने गरी भासियो सडक

धादिङको कृष्णभिरमा त्रिशूली नदीले सडक कटान गरेपछि पृथ्वी राजमार्ग पूर्ण रुपले अवरुद्ध भएको छ।

माथिल्लो त्रिशूली ३ ‘ए’ : हेलिकप्टरबाट डोजर ओसारियो, केही बेरमै सुरुङको मुख खोलिँदै

नुवाकोटस्थित माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजना क्षेत्रमा बाढीका कारण फसेका नागरिकहरूको उद्धार कार्य तीव्र पारिएको छ।

चीनको सिजाङमा पहिरोः नेपालीसहित २६१ विदेशीको अवस्था अज्ञात

परराष्ट्र, सार्वजनिक सुरक्षा, संस्कृति तथा पर्यटन र आपत्कालीन व्यवस्थापन निकायले गरेको संयुक्त खोजी तथा विवरण रुजुपछि क्षेत्रीय सरकारको सूचना कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त तथ्याङ्क सार्वजनिक गरेको हो।

किएभनजिकै रुसी ड्रोन आक्रमणमा ३७ जनाको मृत्यु

युक्रेनको राजधानी किएभनजिकै रहेको एक गोदाममा रुसी ड्रोन आक्रमण हुँदा ३७ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन्।

माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी

बाढी प्रभावितहरूको उद्धारका लागि नेपाली सेनासहितको टोली अहोरात्र खटिएको सेनाको भनाइ छ।

खोज, उद्धार र राहत प्रभावकारी बनाउन सभापति लामिछानेको निर्देशन

सभापति लामिछानेले विपद्को समयमा प्रभावित नागरिकलाई तत्काल सहयोग पुर्‍याउने गरी उपलब्ध पार्टी संयन्त्र, स्वयंसेवक तथा सम्बन्धित निकायबीच आवश्यक समन्वय गर्न पनि निर्देशन दिएका छन्।

भोटेकोशी बाढी : आजै ४१ हवाई उडान, सुरुङबाट २७९ जनासहित आठ हजार ७३० जनाको उद्धार

उद्धार तथा राहतका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका गरी १९ हजार ८९५ सुरक्षाकर्मी परिचालन भएका छन्। प्रभावित क्षेत्रमा ६ वटा सर्जिकल मेडिकल टिमसमेत परिचालन गरिएको छ।

बाढीमा मृत्यु हुनेको संख्या ७५२ पुग्यो, २ हजार ५०२ जना अझै सम्पर्कविहीन

राष्ट्रिय विपषद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुसार आइतबार दिउँसो १ बजे सम्म ७५२ जनाको शव फेला परेको हो।

सुरुङ उद्धारमा सघाउन थप चिनियाँ विशेषज्ञ टोली नेपाल पुग्यो

गत बुधबार बिहान रसुवाको भोटेकोशीमा आएको बाढीपछि सुरुङमा फसेकाको उद्धार कार्यमा सहयोग गर्न थप चार चिनियाँ सुरुङ विशेषज्ञ नेपाल आइपुगेका छन्।

नुवाकोटका ८० बाढी प्रभावितलाई काठमाडौं ल्याइयो, एम्बुलेन्सको माग घट्दो

काठमाडौं महानगरपालिकाले बाढी तथा विपद्बाट प्रभावित नागरिकको उद्धार र उपचारमा सहजीकरणलाई निरन्तरता दिएको छ।

बाढीमा बेपत्ता आफन्तको खोजीको कहर

बितेका पाँच दिनदेखि उनीहरुको खोजी जारी छ भने हराएकाहरुलाई जीवितै भेटिने आशा मरेको छ तर खोजीलाई निरन्तरता दिइरहेका छन्।

भोटेकोशी बाढी : बागमती प्रदेशमा राजनीतिक दलका शीर्ष नेतासहितको बैठक

प्रभावित क्षेत्रमा आवतजावत सहज बनाउन आवश्यकता पहिचान गरी बेलीब्रिज, झोलुङ्गे पुल तथा तुइन निर्माणको प्रक्रिया अघि बढाइने भएको छ।

भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा ५९ शव ल्याइयो

भोटेकोशीको बाढीमा परेर ज्यान गुमाएकामध्ये ५९ जनाको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ।

भोटेकोशी बाढी : उपचारपछि डिस्चार्ज भए ७८ घाइते (नामसहित)

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी/त्रिशुली बाढीमा परेर घाइते भएर काठमाडौंका विभिन्न अस्पतालमा उपचार गराएकामध्ये ७८ जना डिस्चार्ज भएको जनाएको छ।

त्रिशूली–३ ‘बी’ : उद्धारका लागि फ्रन्ट फेसमा ४ वटा प्वाल ड्रिलिङ सम्पन्न

त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजना स्थलमा उद्धार कार्य अघि बढाउन नेपाली सेनासहितको प्राविधिक टोली घटनास्थलमा परिचालित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्