७ माघ २०८१ सोमबार
image/svg+xml

सिरक डसना बनाउने लतिफ भन्छन् : नेपालको कमाइले भारतमा परिवार चलिरहेको छ

भारतको फारबिसगञ्ज घर भएका लतिफले ५० वर्षदेखि नेपालका विभिन्न भेगमा गएर सिरक डसना बनाउने गरेको बताए। ८० वर्षीय उनले भने, 'नेपालमा काम गर्न सके मनग्य आम्दानी छ, यहाँको कमाइले भारतमा परिवार चलिरहेको छ।'

दुर्घटनामा एक जनाको मृत्यु

जिल्लाको चौरजहारी नगरपालिका–१ लामिछाने गाउँका ३२ वर्षीय चिरञ्जीवी लामिछानेको आज बिहान मोटरसाइकल दुर्घटना परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

हिँड्डुल गर्न नसक्नेहरूलाई वडा-वडामै भत्ता

जुम्लाको कनकासुन्दरी गाउँपालिका-६ राेकायाबाडा गाउँका ८४ वर्षका धनपति राेकाया वडाबाटै भत्ता बुझ्न पाएपछि निकै उत्साहित छन्।

कर्णालीमा बढी दुर्घटना हुने स्थानबारे फोटो सचेतना

कर्णाली प्रदेशभित्र बढी दुर्घटना हुने स्थानका बारेमा चालक र सहचालकहरूलाई सचेतना कार्यक्रम गरिएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले सुरक्षित यात्राका लागि स्मरण कार्यक्रममा प्रदेशका दुर्घटना बढी हुने स्थानको तस्बिरहरू प्रतिबिम्वित गराइएको हो।

नयाँ नम्बरबाट फोन र नयाँ 'आइडी'बाट मेल आउँछ? सावधान!

तपाईंलाई कुनै नयाँ खालको नम्बरबाट फोन आउने गरेको छ? वा कुनै नयाँ इमेल आइडीबाट प्रलोभन दिने खालका सन्देशहरू आइरहेका छन्? यदि आइरहेका छ भने सावधान! त्यस्ता इमेल वा नम्बरबाट आएका सन्देश तथा कुराकानीमा विश्वास नगर्नुहोला। त्यसले तपाईंलाई घरबारविहीनसमेत बनाउन सक्छ।

आशिका तामाङलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

आफूलाई सामाजिक अभियन्ता बताउँदै आएकी आशिका तामाङलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ।

आवासगृहमा आगलागी हुँदा एक जना घाइते

जिल्ला प्रशासन कार्यालय मुस्ताङको आवासगृहमा आज बिहान आगलागी हुँदा एक जना घाइते भएका छन्। जोमसोमस्थित प्रशासन कार्यालयको पुरानो भवनमा आगलागी हुँदा प्रमुख जिल्ला अधिकारीका सुरक्षागार्ड प्रहरी हवल्दार खेमप्रसाद तिवारी घाइते भएका हुन्।

पौवादुङमा बाह्य पेय पदार्थ बेचबिखनमा रोक

दोस्रो पौवादुङमा गोल्ड कप र बृहत् माघी मेलामा आयातित खानेकुरामा निषेध गरिएको छ। स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने लक्ष्यले आयातित पत्रु खानेकुरामा रोक लगाइएको पौवादुङमा गाउँपालिकाले जनाएको छ।

संस्कृतिको संरक्षण गर्न ‘पुर्ख्यौली नाच प्रतिस्पर्धा’

म्याग्दीका मगर समुदायको मौलिक संस्कृतिको रूपमा रहेको पुर्ख्यौली नाचलाई संरक्षण र पुस्तान्तरण गर्न बेनीमा पुर्ख्यौली नाच प्रतिस्पर्धा गराइएको छ।

‘गाउँले सहरमा वन्यजन्तु बस्तीमा’

'हामीहरू धेरै पीडित बन्यौँ, न गाउँ छोडेर बजार जान सक्छौँ, न गाउँमा ढुक्कले बस्न सकेका छौँ। यसतर्फ राज्यले ध्यान दिनुपर्यो, गाउँमा सबै ठीक छ, वन्यजन्तु व्यवस्थापन रोक्न सके हामी यहीँ खुसी छौँ।'

देशभरका त्रिवेणीधाम र धार्मिक स्थलमा मकर स्नान गर्नेको घुइँचो

धनु राशिबाट सूर्य मकर राशिमा प्रवेश गर्ने दिन आज पवित्र धामका रूपमा परिचित बराहक्षेत्र, देवघाट, रिडी, त्रिवेणी, गोदावरी धाम, कालीगण्डकीलगायत नदीमा मकर सङ्क्रान्ति स्नान गर्ने भक्तजनको भीड लागेको छ।

काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा विषादीको खपत तथा प्रयोगमा कमी : प्रतिवेदन

काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा तरकारीसहित अन्य खाद्यबालीमा प्रयोग हुने किटनाशक तथा अन्य विषादी प्रयोगमा कमी आएको प्रतिवेदनले देखाएको छ।

देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु

विभिन्न आश्रमका पीठाधीश, सन्तमहन्त, भक्तजन, स्थानीय लगायतको सहभागितामा चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल देवघाटको बेनीमा माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ।

कृत्रिम खुट्टाको सहारामा अटोरिक्सा चलाएर मासिक ६० हजारसम्म आम्दानी गर्छन् राजेन्द्र

विसं २०७७ वैशाख १८ गते दुर्घटनामा परेर बायाँ खुट्टा गुमाएपछि उनलाई अब बाँकी जीवन सकियो भन्ने चिन्ता लागेको थियो। तर, त्यही दुर्घटनापछि जीवनमा एकपछि अर्को गर्दै खुसी आएको उनले सुनाए।

काउली सस्तिँदा लागतसम्म नउठ्ने चिन्ता

मण्डनदेउपुर नगरपालिका–११ राम्चेबेँसीको गायत्री सापकोटालाई अहिले बारीमा फलेको काउली काट्न भ्याइनभ्याइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्