सगरमाथा आरोही भट्टराईलाई गृह जिल्ला ताप्लेजुङमा सम्मान
दुई-दुई पटकसम्म विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने ताप्लेजुङको हाङदेवाका अनिल भट्टराईलाई गृह जिल्लामा सम्मान गरिएको छ।
दुई-दुई पटकसम्म विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने ताप्लेजुङको हाङदेवाका अनिल भट्टराईलाई गृह जिल्लामा सम्मान गरिएको छ।
वैदिक सनातन परम्पराअनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्न नेपालमा चन्द्रमास अनुसार माघ महिनालाई विशेष रूपमा छुट्याइएको छ।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले वडाबाटै केन्द्रीकृत नेपाली नागरिकताको सूचना व्यवस्थापन प्रणालीमार्फत सिफारिस भई आएको विवरणका आधारमा नागरिकता दिन सकिने बताएका छन्।
शुक्लाफाँटा नगरपालिका–११ का बासिन्दालाई सहज खानेपानी उपलब्ध गराउन रु पाँच करोडको लागतमा कलुवापुर खानेपानी आयोजना सञ्चालनमा आएको छ।
खुम्बुको ठाडो उकालो बाटो, त्यसमाथि पिठ्युँमा सय किलोको काठ। पसिनाले निथ्रुक्क भिजेको शरीर। आकाश कुलुङको दैनिकी यसरी नै बित्ने गरेको छ। बिहान सूर्योदयसँगै सुरु हुने यात्रामा उनी पिठ्युँमा सय किलो बढीको भारी बोकेर सुर्केबाट लुक्लातर्फ करिब पाँच घण्टाको कठिन उकालो पार गर्छन्।
महोत्तरीमा पछिल्लो समय आपराधिक गतिविधिमा साना हतियार (पेस्तोल) को प्रयोग बढी भएको पाइएको छ। विगत तीन आर्थिक वर्षमा महोत्तरीमा घटेका विभिन्न आपराधिक घटनामा ११ थान साना र पाँच थान मात्र ठूला हतियारको प्रयोग भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ।
जिल्ला अदालत पर्वतमा कार्यरत न्यायाधीश सरुवा हुँदा चालु अवस्थामा रहेका मुद्दा विगत १५ दिनदेखि सुनुवाइ प्रभावित भएको छ।
सुनसरीको धरान उपमहानगरपालिका–८ तीनकुनेमा रहेको सबडिभिजन वन कार्यालय पाँचकन्या र विष्णुपादुका सबडिभिजन वन कार्यालयमा राखिएको काठ कुहिन थालेको छ।
ताप्लेजुङको मेरिङदेन गाउँपालिकास्थित युनाईटेड मेवा हाइड्रोपावर लिमिटेडमा काम गर्ने क्रममा घाइते भएका एक जना इटालियन नागरिकलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको छ।
म्याग्दीको बेनी नगरपालिका–७ बालमन्दिर चोकमा रहेको एक श्रृंगार पसलको गोदाममा शुक्रबार राति भएको आगलागीबाट करिब एक करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
गत असोज दोस्रोसाताको बाढीपहिरोबाट प्रभावित काभ्रेपलाञ्चोकको पनौतीका स्थानीयको जमिनको यकीन गर्न सुरु गरिएको छ।
नेपाल प्रहरीले पछिल्लो पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय ४६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
खोटाङ सदरमुकाम दिक्तेलबाट काठमाडौँ जाँदै गरेको यात्रुबाहक जीप टाटा सुमोमा तोडफोड गर्ने दर्जन बढी युवाविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेर अनुसन्धान थालेको छ।
नियमित बजार अनुगमन गरिरहेको ताप्लेजुङ जिल्लाको बजार अनुगमन समितिले ‘म्याद सकिएको’भनेर जनाउ गरेर राखेका वस्तु बाहेक बिक्री स्थलमा रहेका म्याद गुज्रिएका सबै सामान जफत गर्ने भएको छ।
तुलसीपुर–१ छोटेका चित्रप्रसाद सुवेदी नौ वर्ष मलेसिया बसेर आए। मलेसियामा पनि राम्रो कमाई नभएपछि उनले गाउँमै केही गर्ने प्रण गरे र सुरु गरे विभिन्न मूर्ति बनाउन। न कुनै तालिम, न त कुनै प्रशिक्षण, चित्र हेरेर उनले मूर्ति बनाउन सुरु गरे। अहिले उनी विभिन्न मन्दिरमा मूर्ति बनाउँदै हिँडिरहेका छन्।