बाढीपीडितका लागि सहयोग गर्ने दाता बढ्दै
भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनः स्थापना गर्न प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा सहयोग रकम उपलब्ध गराउने दाताको सङ्ख्या बढ्दै गएको छ ।
भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनः स्थापना गर्न प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा सहयोग रकम उपलब्ध गराउने दाताको सङ्ख्या बढ्दै गएको छ ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर आएका शव तथा बेपत्ता व्यक्तिको खोजीका लागि जिल्ला प्रहरी कार्यालय तनहुँले खोज तथा उद्धारलाई तीव्रता दिएको छ ।
बुधबार बिहान। लगभग ३ बजेको समय थियो होला। धार्मिक विधि अनुसार घरमै स्नान गरी चोखो कपडा लगाएर हाम्रा साथी तथा आफन्तहरू गोसाइँकुण्ड हुँदै मानसरोवरतिर लागेका थिए। मन निकै खुसी उत्साह थियो, पाइला हल्का र सुस्तरी चल्दै थिए।
पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) २०२६ मा अन्नपूर्ण स्पाइकर किङ्सले लगातार दोस्रो जित दर्ता गरेको छ ।
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाएका तथा बेपत्ता भएका नागरिकहरूको सम्झनामा काठमाडौंको अनामनगरसहित देशभर दीप प्रज्वलन गरिएको छ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले बाढीपहिरोबाट प्रभावित विद्यार्थी तथा बालबालिकालाई निःशुल्क अध्ययनको व्यवस्था मिलाउने घोषणा गरेका छन्।
बजेट निर्माणलाई पारदर्शी र परिणाममुखी बनाउँदै आयोजना छनोट तथा कार्यान्वयनमा देखिएका कमजोरी र विसंगतिको अन्त्य गर्ने कार्यक्रम पनि साझा कार्यक्रममा समेटिएको छ।
प्रधानमन्त्री बालेन शाहले रसुवा र नुवाकोटमा भोटेकोशीको बाढीबाट क्षतिग्रस्त जलविद्युत् आयोजनाहरूमा भइरहेको खोज तथा उद्धार कार्यको विस्तृत विवरण सार्वजनिक गरेका छन्।
मकवानपुरको मकवानपुरगढी गाउँपालिकास्थित सुकौरा खोलामा एक महिलाको शव फेला परेको छ। मकवानपुरगढी गाउँपालिका वडा नं-७ सुकौरा बस्ने सोमबहादुर थिङकी ५५ वर्षीया श्रीमती लाली माया थिङ खोलाको पानीभित्र मृत अवस्थामा भेटिएकी हुन्।
हर्क जहाँ पुग्छन्, त्यहाँ उनले गर्ने काम मात्र होइन हर्क शैलीको बहस पनि सँगै पुग्ने गरेको छ ।
मकवानपुरको थाहा नगरपालिकामा भिरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ। थाहा नगरपालिका वडा नं-११ बस्ने अन्दाजी ४५ वर्षीय राजु तामाङ गोरेटो बाटोबाट लडेर मृत अवस्थामा फेला परेका हुन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले प्राकृतिक विपत्तिको सामना गर्न सम्पूर्ण नेपालीहरू एकताबद्ध भएर उभिनुपर्ने बताएका छन्।
सरकारले सार्वजनिक बिदा दिएको भए पनि भदौ २३ गते मंगलबार ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका इजाजतपत्र प्राप्त सम्पूर्ण बैङ्क तथा वित्तीय संस्थाहरूलाई अत्यावश्यक बैङ्किङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैङ्कले निर्देशन दिएको छ।
मुलुकमा सुशासन कायम र भ्रष्टाचारविरुद्ध नवपुस्ताको आह्वानमा गत वर्षको भदौ २३ गते भएको जेनजी आन्दोलन भोलि एक वर्ष पूरा हुँदैछ।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक मंगलबार बस्ने भएको छ। पार्टीको आन्तरिक निर्वाचनसम्बन्धी आगामी रणनीति तय तथा आवश्यक तयारीबारे छलफल गर्न बैठक बोलाइएको हो।