काठमाडौं–६ : कांग्रेस र एमालेलाई पछि पार्दै रास्वपाका शिशिर खनालको अग्रता
काठमाडौं क्षेत्र नम्बर-६ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनालले अग्रता लिएका छन्।
काठमाडौं क्षेत्र नम्बर-६ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनालले अग्रता लिएका छन्।
उनलाई नेकपा (एमाले) का महेश बस्नेतले २०० मतान्तरका साथ पछ्याइरहेका छन्। त्यस्तै, नेपाली कांग्रेसका कविर राणा १७१ मतसहित तेस्रो स्थानमा छन् भने नेपाल मजदुर किसान पार्टीका रमेश वैद्यले १३८ मत प्राप्त गरेका छन्। उज्यालो नेपाल पार्टीका उम्मेदवार जित राम लामाको नाममा हालसम्म ३७ मत दर्ता भएको छ।
रौतहट क्षेत्र नम्बर-४ को मतगणना सुरु भएको छ। चन्द्रनिगाहपुरस्थित जनज्योति बहुमुखी क्याम्पसमा मतगणना थालिएको हो।
रूपन्देही क्षेत्र नम्बर-२ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेलले फराकिलो अग्रता बनाएका छन्।
प्रतिनिधि सभा निर्वाचन २०८२ को पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं उपत्यका बाहिर पनि आफ्नो प्रभाव बलियो बनाएको छ।
सस्मितले आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रदीप र नेकपा एमालेका ईश्वरलाई निकै पछाडि पारेका छन्। अहिलेको प्रारम्भिक रुझान हेर्दा यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको पकड बलियो देखिएको छ।
चितवन निर्वाचन क्षेत्र नम्बर-२ को प्रारम्भिक मत परिणाम अनुसार नेकपा एमालेले अग्रता लिएको छ।
काठमाडौं क्षेत्र नम्बर-८ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विराजभक्त श्रेष्ठले एकतर्फी अग्रता कायम राखेका छन्।
अन्य दलको कुरा गर्दा नेकपा (एमाले) बाट भक्तपुर २ मा महेश बस्नेत २४२ मत र बाँके २ मा मोहम्मद इश्तियाक राई ६८५ मतका साथ अगाडि छन्। यस्तै, उज्यालो नेपाल पार्टीका कुलमान घिसिङ काठमाडौं ३ मा एक हजार ४१ मतका साथ अग्रतामा छन्।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर-२ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार दीपक बोहराले फराकिलो अग्रता बनाएका छन्।
रौतहट क्षेत्र नम्बर १ को मतगणना शुक्रबार बिहान ७ बजेदेखि सुरु हुने भएको छ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्र ६ सय ४४ मतका साथ तेस्रो स्थानमा छन् भने नेकपा एमालेका मोहन राज रेग्मीले २ सय १० मत प्राप्त गरेका छन्। यस क्षेत्रमा २९ जना उम्मेदवारहरू चुनावी मैदानमा रहेका छन्।
भक्तपुर क्षेत्र नम्बर-२ को मतगणनामा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले सुरुवाती अग्रता लिएका छन्।
गौडेलले २०२ मतका साथ अग्रता कायम गर्दा उनलाई नेकपा एमालेका सूर्य प्रसाद ढकालले १४१ मतका साथ पछ्याइरहेका छन्। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेश कुमार चौधरी १०० मतका साथ तेस्रो स्थानमा छन्।
सर्वाधिक चासोको केन्द्र बनेको झापा निर्वाचन क्षेत्र नम्बर-५ मा मतगणना सुरु भएको छ। मतपेटिका संकलन भएसँगै बसेको सर्वदलीय बैठकमा सहमति जुटेपछि गणना थालिएको हो।