आन्तरिक पर्यटकको रोजाइमा डडेल्धुराको कस्याडाँडा
अमरगढी नगरपालिका–७ मा अवस्थित कस्याडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनेको छ। सूर्योदय र सूर्यास्तको रमणीय दृश्य अवलोकन गर्न सकिने भएकाले पछिल्लो समय यहाँ आन्तरिक पर्यटकको आगमन बढ्न थालेको हो।