२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

सशस्त्र प्रहरीद्वारा २१ लाख मूल्य बराबरका लत्ताकपडा बरामद

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साबाट खटिएको टोलीले भन्सार छली गरेर गोदाममा राखेको रु २१ लाख २१ हजार आठ सय मूल्य बराबरको लत्ता कपडा बरामद गरेको छ।

पर्सामा ठूलो स्वरमा डिजे बजाउन प्रतिबन्ध, आतिशवाजीमा रोक

जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो स्वरमा डिजे तथा आतिशवाजी नगर्न अनुरोध गरेको छ । प्रहरीले आइतबार एक विज्ञप्ति जारी गर्दै जिल्लामा ठूलो स्वरमा डिजे तथा आतिशवाजी नगर्न अनुरोध गरेको हो ।

पर्सामा संयुक्त उद्धार अभ्यास

पर्सामा बाढी र मनसुनजन्य वर्षात्को कारणले हुनसक्ने डुबानबाट मानवीय क्षतिलाई न्यूनीकरण गर्ने हेतुले आज वीरगञ्जमा जलउत्पन्न प्रकोपसँग सम्बन्धित संयुक्त उद्धार अभ्यास गरिएको छ।

पर्साको दुग्धेश्वरनाथ महादेव मन्दिरमा दशनार्थीको घुइँचो

पर्सा राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्रभित्र पर्ने दुग्धेश्वनाथ महादेव मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ। अन्य दिनभन्दा आज मन्दिरमा स्वदेशी एवं भारतीय दर्शनार्थीको भिड लागेको हो।

पर्सामा ९० प्रतिशत रोपाइँ सकियो

कृषि ज्ञान केन्द्रले यो वर्ष पर्याप्त पानी उपलब्ध भएकाले जिल्लामा ९० प्रतिशत रोपाइँ सकिएको जनाएको छ।

पर्सामा एकै वर्षमा दुई सय ३२ साना तथा घरेलु उद्योग खारेज

आर्थिक सङ्कटका कारणले उद्योगलाई निरन्तरता दिन नसकेपछि साना तथा घरेलु उद्योग सञ्चालकहरु घरेलु तथा साना उद्योग कार्यालय पुगेर उद्योग खारेजी गराउन थालेका हुन्।

पर्सामा बढ्दै सवारी दुर्घटना, एक वर्षमा ५१ जनाको मृत्यु

आर्थिक वर्ष २०८०/८१ मा सवारी दुर्घटनामा परेर पर्सामा ५१ जनाले ज्यान गुमाएका छन्। गत आवमा ४३ पुरुष, साता महिला र एकजना बालिकाको ज्यान गएको हो।

सीमा सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न प्रजिअले दिए निर्देशन

पर्साको प्रमुख जिल्ला अधिकारीसहित चारवटै सुरक्षा निकायका प्रमुखले नेपाल भारत सीमास्तम्भका बारेमा स्थलगत अवलोकन एवं जानकारी लिएका छन्।

गहवामाईको दोस्रो रथयात्रा सुरु

वीरगञ्ज महानगरको ऐतिहासिक एवं धरोहरको रुपमा रहेको गहवामाई मन्दिरको १२ औं वार्षिकोत्सवको अवसरमा आजबाट वृहत्त रथ यात्रा सुरु गरिएको समितिका अध्यक्ष श्याम पोखरेलले बताए।

पर्सा प्रहरीद्वारा ७१२ बोरा युरिया मल बरामद

पर्सा प्रहरीले भारतबाट अवैध ढङ्गले भित्र्याएको १० लाख मूल्य पर्ने सात सय १२ बोरा युरिया मल बरामद गरेको छ।

हात्तीको २ वटा दाँतसहित ३ जना पक्राउ

पर्सा प्रहरीले हात्तीको दाँतसहित तीन जनालाई पक्राउ गरेको छ।बिक्री वितरण गरिरहेको अवस्थामा पर्सा प्रहरीले आज बिहान विजय बस्तीबाट तीन जनालाई पक्राउ गरेको हो।

हुरीले उडाएको जस्ता लागेर एकको मृत्यु, घरको छानाले च्यापिँदा ९ घाइते

बिहीवार राति आएको हावाहुरीसहितको वर्षाले पर्सामा एकजनाको मृत्यु भएको छ भने १० जना घाईते भएका छन्।

भारतसँग सिमाना जोडिएका पर्साका नाका आजदेखि बन्द

बिहार राज्यको पश्चिम चम्पारण जिल्लामा जेठ १२ गते हुने लोकसभा निर्वाचनका कारण नाका बन्द गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्