१२ आश्विन २०८१ शनिबार
image/svg+xml

गृहमन्त्री भन्छन्: विपद् प्रतिकार्यमा संयन्त्र सक्रिय, उपत्यकामा ७५० को उद्धार

गृहमन्त्री रमेश लेखक निरन्तरको वर्षाका कारण आएको बाढी, डुबान र पहिरोमा परेका नागरिकहरूको उद्धार, राहत तथा घाइतेहरूको स्वास्थ्य उपचारमा सरकार गम्भीर भएर लागेको बताएका छन् ।

संसदीय विशेष समितिको प्रतिवेदन: कार्यान्वयनमा गृहमन्त्रीको परीक्षा

सहकारी संस्थामा बचत गरिएको रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न बनाइएको संसदीय विशेष समितिको प्रतिवेदन कार्यान्वयनमा गृहमन्त्रीको परीक्षा हुने भएको छ।

गृहमन्त्री लेखक भन्छन्ः प्रहरीमा उर्जा थप्न सरकार प्रयत्नशील छ

गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई उर्जाशिल र थप व्यवसायिक बनाउन प्रयत्नशील रहेको बताएका छन्।

प्रहरीमा अस्थिरताको कारक ३० वर्षे हद

गृहमन्त्री रमेश लेखकले प्रहरी ऐन २०१२ प्रतिस्थापन गर्ने गरी नेपाल प्रहरी ऐनको नयाँ मस्यौदा यही भदौभित्र संसद्मा पेस गर्ने तयारी गरेका छन्।

देशभरका छोटी भन्सार कार्यालय चाँडो सञ्चालनमा ल्याउनुपर्छ : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले देशभरका छोटी भन्सार कार्यालयहरु सक्दो चाँडो सञ्चालनमा ल्याउनुपर्ने बताए।

गृहमन्त्रीको प्रस्ताव: प्रवासमा रहेका नेपालीले मतदान गर्न पाउने गरी व्यवस्था गरौं

गृहमन्त्री रमेश लेखकले निर्वाचनसम्बन्धी ऐन संशोधनको प्रस्तावलाई अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।

विशेष समिति सरकारका लागि मार्गनिर्देशक : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले सहकारी बचत रकम अपचलनसम्बन्धी संसदीय छानबिन विशेष समिति सरकारका लागि मार्गनिर्देशक बन्ने बताएका छन्।

पूर्व सांसद मञ्चद्वारा गृहमन्त्री लेखकसँग भेटवार्ता

पूर्व सांसद मञ्चले गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गरेको छ । पूर्व सांसद मञ्चका अध्यक्ष ओमकार श्रेष्ठ नेतृत्वको टोलीले शुक्रबार गृह मन्त्रालय पुगेर मन्त्री लेखकसँग भेटवार्ता गरेको हो ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै, गृहमन्त्री सहभागि हुने

गृहमन्त्री रमेश लेखक बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागि हुने भएका छन्।

गृहमन्त्री लेखक र चीनका राजदूत चेन सङबिच भेटवार्ता

गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि चीनका राजदूत चेन सङले शिष्टाचार भेट गरेका छन् । सोमबार दिँउसो सिंहदरबारस्थित गृहमन्त्राल पुगेर राजदूत सङले गृहमन्त्री लेखकलाई बधाई ज्ञापनसहित भेटवार्ता गरेका हुन ।

गृहमन्त्री लेखकसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन।बुधबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा उनीहरूबीच नेपाल भारत सम्बन्धका विविध आयाम तथा द्विपक्षीय हितका बारेमा छलफल भएको थियो।

गृहमन्त्रीको निर्देशनमा गृहमन्त्रालयकै कर्मचारी विष्ट पक्राउ

गृहमन्त्री र गृहसचिवको नाम लिएर भिजिट भिसामा मान्छे विदेश पठाउन दबाब दिने गृहमन्त्रालयका कर्मचारी निर्मल विष्ट पक्राउ परेका छन्।

गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा बहस सकियो, फैसला आजै आउने

न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासमा हेर्दाहेर्दैमा रहेको मुद्दाको बहस बिहीवार सकिएको हो।

गृहमन्त्री लामिछाने निलम्बनको माग गर्दै दायर भएको रिटमा आज पनि सुनुवाइ

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई निलम्बनको माग गर्दै दायर भएको रिटमा आज पनि सुनुवाइ हुँदैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्